तनस्का फेसन शोः मोडलदेखि सेलिब्रेटीसम्म र्याम्पमा « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

तनस्का फेसन शोः मोडलदेखि सेलिब्रेटीसम्म र्याम्पमा


यलम्वर टाइम्स
२२ श्रावण २०८०, सोमबार ०९:४६

बिराटनगर । बिराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्याम्पमा उत्रिएका छन् ।

बिराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिबार साँझ आयोजना गरेको फेसन शोमा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर ¥याम्पमा उत्रिएका हुन् ।

फेसन शोमा तनस्काका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा निस्किए ।

पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी ¥याम्पमा उत्रिए । उनीहरुसँगै चर्चित मोडेल कार्की र कलाकार निरौला पनि ¥याम्पमा उत्रिँदा कार्यक्रममा थप रौनकता बढ्यो ।

कार्यक्रममा गायिका सत्यकला राई र ¥याम्पर शैलेश निरौलाको सांगीतिक प्रस्तुतीले पनि कार्यक्रम रोचक बनेको थियो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निरौला कार्कीले तनस्काका विद्यार्थीहरुले तयार गरेका कपडा निकै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् ।