डेंगु हेलचेक्र्याईबाट उत्पादन हुने रोग « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

डेंगु हेलचेक्र्याईबाट उत्पादन हुने रोग


यलम्वर टाइम्स
२३ श्रावण २०८०, मंगलवार ०६:३६

नेपाल सरकारले डेंगु रोगबाट बच्ने उपाय बताउँदा बताउँदै पनि मानिसले त्यस सूचनालाई कार्यान्वयन नगर्दा डेंगुको संक्रमण ह्वात्तै बढेको देखिन्छ । सरकारले दिएको जानकारी अनुसार झुल लगाएर सुत्नु पर्ने, छेउछाउका पानी जम्ने खाडलहरु पर्नु पर्ने, टायर तथा बट्टाबट्टीमा जमेका पानी हटाउनु पर्ने हुन्छ । तर त्यसो नगरिदा त्यहीबाट लामखुट्टेको लार्भा उत्पादन भई मानिसलाई टोकेर डेंगु रोग फैलिएको हुँदा झापा लगायत अन्य क्षेत्रमा डेंगु रोगीहरुको संख्या देखिएको हो ।

सचेत रहनु हरेक कुराको फाईदा हो । तर मानिसले हेलचेक्र्याइ गरेकै कारण झापामामात्र होईन हिमाली जिल्ला ताप्लेजुङदेखि पहाडी जिल्लाहरुमा पनि डेंगुको संक्रमणले स्थान पाएको छ । नेपाल टेलिकमको सूचनादेखि सबै सञ्चार क्षेत्रमा सचेतनाको सन्देश नदिएको होईन । त्यसैलाई आत्मसात गर्नसके डेंगुमात्र होईन अन्य रोगहरुबाट पनि बच्न सकिन्छ ।

स्थानीय सरकारले पनि स्वास्थ्य शाखा अन्तर्गत जनचेतना दिएकै छ । कठीन अवस्थामा स्थानीय सरकारलाई घच्घच्काए सेवा प्रदाय हुने पनि देखिन्छ । कतिपय आफ्नै हेलचेक्र्याईका कारण डेंगु रोगबाट मृत्यु भएको पनि छ । त्यसैले डेंगु रोगलाई सामान्य नसम्झि नेपाल सरकारले दिएको सन्देशलाई आत्मसात् गर्दै अगाडि बढेको खण्डमा संक्रमणबाट बच्न सकिन्छ । गाउँबस्तीमा सूचना नपुगेर डेंगुको शिकार भएका पनि छन् । सचेत नागरिकले डेंगुबाट बच्ने उपाय बताउँनु जरुरी छ । त्यसतर्फ सचेत रहन अनुरोध छ ।