ग्यालेक्सी फिटनेसको उद्घाटन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

ग्यालेक्सी फिटनेसको उद्घाटन


यलम्वर टाइम्स
१४ फाल्गुन २०७३, शनिबार ०९:०४

lafaशनिअर्जुन / झापाको बिर्तामोडमा ग्यालेक्सी फिटनेसले शुक्रबारबाट सेवा शुरु गरेको छ ।

खानपिन र रहनसहनको शैलीले मानिसमा बढ्दो स्वास्थ्य समस्यालाई मध्यनजर गरी महिला तथा पुरुष दुबैका लागि हुने गरी फिटनेस सेवा शुरु गरिएको बताइएको छ । उक्त फिटनेसको ब्रिटेनका नागरिक अलेक्स जेण्डर र श्रीमती साराले उद्घाटन गरे । अलेक्स ग्यालेक्सी फिटनेसका सञ्चालक मध्येका राम दाहालद्वारा प्रशिक्षित विद्यार्थी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका दाहालले त्यहाँ नियमित प्रशिक्षण दिने अर्का सञ्चालक चन्द्र राना मगर (लाफा)ले बताए । उनका अनुसार अत्याधुनिक फिटनेस मेसीनद्वारा प्रशिक्षण दिइने ग्यालेक्सीको सेवा शुरुवातको अवसरमा वार्षिक सदस्य बन्नेहरुका लागि विशेष छुट प्रदान गरिएको छ ।

ग्यालेक्सी फिटनेस बिर्तामोडको पश्चिम बसस्टेण्ड नजिकै अञ्जली हस्पिटलसँगै रहेको छ । ग्यालेक्सीले बिहान ५ बजेदेखि राति ८ बजेसम्म सेवा दिने र एकसाथ १ सय ५० जनाले फिटनेस सेवा लिनसक्ने अर्का सञ्चालक सन्दिप शेर्मा लिम्बूले बताए । शारीरिक तस्दुरुस्तीका लागि आवश्यक विभिन्न प्रकारका आधुनिक मेसीनहरु ग्यालेक्सीले उपलब्ध गराएको छ ।

मानिसलाई स्वस्थ बनाइ रोग प्रतिरोधी क्षमताको विकासमा टेवा पु¥याउन ग्यालेक्सीले फिटनेस सेवा शुरु गरेको सञ्चालकहरु बताउँछन् । ग्यालेक्सी बिर्तामोडको नवौं जिमखाना हो । सञ्चालक मध्येका राम र चन्द्र दुई दशकदेखि फिटनेसको क्षेत्रमा सक्रिय छन् । रामले मिष्टर नेपाल, मिष्टर हिमालय, मिष्टर सगरमाथा, मिष्टर बुल्समेन, मिष्टर बुढासुब्बाको उपाधि जितिसकेका छन् ।