जापानको तोनो सिटीका प्रतिनिधिहरु अर्जुनधारामा « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

जापानको तोनो सिटीका प्रतिनिधिहरु अर्जुनधारामा


यलम्वर टाइम्स
३० श्रावण २०८०, मंगलवार ०९:१६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध बिस्तार गर्न जापानको टोली अर्जुनधारा नगरपालिका आएको छ ।

जापानको तोनो सिटीका नगर प्रमुख तोशीयाकी होण्डाको प्रतिनिधि कानाको होसोकावासहितको टोली अर्जुनधारा आएको हो ।

जापानका लागि नेपालका राजदुत डा.दुर्गाबहादुर क्षेत्रीको नेतृत्वमा आएको टोलीले कृषि, निर्माण, उत्पादन, बजारीकरण, सीप तथा तालिम लगायतका बिषयमा चासो राखेको छ ।

टोलीले जापानीज प्रविधि तथा सीप नेपालमा कसरी भित्र्याउने र आर्थिक रुपमा कसरी सबल हुने भन्ने बिषयमा अन्तरक्रिया गरेको छ ।

अर्जुनधारा नगरका मेयर बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा पूर्व राज्यमन्त्री धर्मशीला चापागाई, संविधानसभा सदस्य प्रेम गिरी, अर्जुनधारा नगरका निवर्तमान मेयर हरिकुमार रानालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

नगर प्रमुख बलदेबले नगरलाई प्रविधिमैत्री बनाउँदै कोदोको रक्सीलाई ब्राण्डिङ र किसानलाई आयआर्जनमा जोड्न जोड दिएका छन् । उनले किसानलाई प्रविधिमैत्री बनाएर आर्थिक रुपमा सवल बनाउनु पर्ने बताए ।

जापानबाट आएको टोलीले कृषिका साथै धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनधारा जलेश्वरधाम लगायतका क्षेत्रको स्थलगत भ्रमण गरेको थियो ।