तपाईको यो साता (२०८० भाद्र ९ गते शनिबार) « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

तपाईको यो साता (२०८० भाद्र ९ गते शनिबार)


यलम्वर टाइम्स
९ भाद्र २०८०, शनिबार ०२:४६

मेषः यो साता मेष राशीको समय मध्यम रहेको छ । राशी स्वामी मंगलले स्थान परिवर्तन गरेसँगै आर्थिक कारोबारमा न्यूनता, स्वाभावमा लेजी उद्धवेग, मनमा चिन्ता हुनेछ । लगानीमा सावधानी अपनाउनुपर्ने देखिन्छ । स्वास्थ्यमा गढबढी होला । मंगल निच राशीमा भएका कारण मंगलको जप ऊँ क्रां क्रीं कौं सः भौमाय नमः यो मन्त्रको एक हप्ता जाप गर्नुहोस् र मृत्युञ्जय मन्त्रको अनुष्ठान गर्नुहोस् । शुभ रंग रातो, अंक १ ।

वृषः यो साता वृष राशीको समय राम्रो रहेको छ । यश लाभ, धन लाभ, विद्या प्राप्ति हुनका साथै मन प्रसन्न रहनेछ । ग्रह योग राम्रो छ । चिताएको कुरा पुग्नेछ । पठनपाठनमा राम्रो उन्नति रहनेछ । कुनै पुरानो कार्य, निर्माण कार्य सम्पन्न हुने योग छ । सोमबारदेखि यात्रा गर्दा सावधानि अपनाउनु पर्नेछ । बाहन आदि चलाउँदा होस पुर्याएर चलाउनुहोला । चोटपक लाग्न सक्छ । लामो दूरीको यात्रा नगर्नु होला । शुक्रबारदेखि सबै कुरा राम्रो भएर जानेछ । शुभ रंग सेतो, पहेलो र अंक २ हो ।

मिथुनः मिथुन राशीको यो साता समय बलवान रहेको छ । बुध स्कन्दम राम्रो स्थितिमा रहेकाले व्यापार वृद्धि, धन लाभ, यात्रा सफल छ । वैदेशिक रोजगारको अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्ति प्राप्ति हुनेछ । यो साता अमोद प्रमोदमा दिन बित्ने छ । पुराना कार्यहरुको सम्पन्नताले हर्ष प्राप्ति हुनेछ । नयाँ कारोबार गर्नुपर्ने देखिन्छ । लगानी गर्दा भूमी व्यापारमा तथा फाइनान्स अचल सम्पत्तिको कारोबारमा गर्नुहोस् । शुभ रंग हरियो, निलो र अंक ६ ।

कर्कटः यो साता कर्कट राशीको लागि त्यति राम्रो छैन । स्वास्थ्यमा हानी, सत्रु, ऋणबाट सावधान रहनुपर्ने समय छ । शनिको अढैंया चलिरहेको छ । सावधान रहनुहोला । नयाँ कार्यको थालनी नगर्नु नै बेस छ । शनिबार शनिको पूजा गरी ऊँ शं शनिश्चराय नमः यस मन्त्रको ११ हजार जाप गर्नुहोस् । अथवा महाकाल शनिमृत्युञ्जयको २७ आवृत्ति पाठ गर्नुहोस् । बुधबारसम्म समय ठीक छैन, त्यसपछि मात्र केही राहत हुनेछ । शुभ रंग सेतो, पहेलो र अंक ४ ।

सिंहः यो साता सिंह राशीलाई शुभ समय रहेको छ । व्यापार वृद्धि हुनेछ । धन लाभ, स्वास्थ्य लाभ रहेको छ तर, मनमा भने अशान्ति रहनेछ । आफूले सोचेका हुनुपर्ने कुरा नहुँदा मन खिन्न हुनेछ । यात्रा सफल छ । नयाँ कार्यको थालनी हुनेछ । होटल व्यवसायमा लाभ हुनेछ । सोमबारदेखि शुक्रबारसम्मको समय योगकारक छ । शुभ रंग रातो र अंक ९, ५ ।

कन्याः यस राशीलाई यो साता शुभ रहेको छ । व्यापार व्यवसायमा लाभ हुनेछ । आफन्त तथा साथीभाईको सहयोग प्राप्त हुनेछ । सरकारी नेकरी गर्नेहरुको लागि पदोन्नति हुनेछ । विद्याको क्षेत्रमा प्रगति हुनेछ । टाढाको यात्रा सफल रहनेछ । धन सञ्चय र व्यापार वृद्धि हुने योग छ । चल सम्पत्तिको व्यापार र ऋण लगानी शुभ छ । आजदेखि सोमबारसम्म शुभ त्यसपछि कारोबार गर्दा अलिक होस पुर्याउनु होला । शुभ रंग रातो, हरियो र अंक ३ ।

तुलाः ग्रहको परिवर्तनले समय एकदम राम्रो छ । शुक्र राशी स्वामी शुभ चलिरहेकाले भाग्योदय, कार्य सफलता, कर्मचारीहरुको सहयोग प्राप्त हुनेछ । निर्माणको कार्य पूर्णता हुने योग छ । भूमी तथा दैनिक उभोग्य वस्तु, कपडा आदिको व्यापार शुभ रहेको छ । सोमबारबाट लगानी शुभ हुनेछ । शुभ रंग सेतो, कालो र अंक ३, ७ ।

वृश्चिकः यो साता वृश्चिक राशीलाई शुभ रहेको छ । मंगल राशी स्वामी शुभकारक भई केन्द्र स्थानमा भएका कारण र मूल त्रिकोणका ग्रह शुभ भएका कारण कार्य सफलताको योग छ । निर्माण कार्यहरु पूरा हुनेछ । मंगलबार इष्टदेवको पूजा, हनुमानजीको दर्शन पूजन गर्नुहोस् र चालिसा पाठ गर्नुहोस् । किराना, अन्न, तेल, कोइला आदिको व्यापार शुभ हुनेछ । शुभ रंग रातो, गुलाबी र अंक ८, २ ।

धनुः यो साता यस राशीका व्यक्तिलाई अत्यन्तै राम्रो छ । वैदेशिक रोजगारमा जानेहरुका लागि समय राम्रो छ । मित्रहरुको सहयोगमा कार्य बन्ने छ । ठूला ठूला योजनाका कार्यहरु सम्पन्न हुने योग छ । यात्रा सफल हुनेछ । पाटी, गोष्ठीमा भाग लिनुपर्ने देखिन्छ । नेताहरुलाई नेतृत्व गर्नुपर्ने छ । पदोन्नतिका साथै आफ्नो व्यापारमा लगानी हुने देखिन्छ । शुभ रंग पहेलो, सेतो र अंक ९ ।

मकरः यो हप्ता मकर राशीको समय बलवान रहेको छ । कार्य योजना सफल, अचल सम्पत्ति, भूमि, तेल, काठ आदिको व्यापारमा लाभ रहेको छ । राशीमा अन्त्य साढें साती चले पनि शनि लाभेष छन् । धन लाभ, प्रतिष्ठामा वृद्धि, यात्रा सफल रहेको छ । लामो दूरीको तीर्थ यात्रा सम्भव छ । पश्चिम दिशाको यात्रा लाभदायक छ । शनिको मन्त्र ऊँ प्रां. प्रीं. प्रौ. सः शनिश्चराय नमः को १०८ पटक जाप गरी काचो चरिवलको बलि गर्नुहोस् । शुभ रंग कालो र अंक ७ ।

कुम्भः यो साता कुम्भ राशीका लागि समय एकदमै शुभ रहेको छ । कालो वस्तुको व्यापार, कोइला, फलाम, टायर, मोटर पार्टस आदिको कारोबार शुभ रहेको छ । पदोन्नति, मानसम्मानमा वृद्धि, पराक्रममा वृद्धि हुनेछ । सत्रुबाट सावधान रहनुहोला । गुप्त सत्रुले फसाउने षडयन्त्र गर्ने छन् । शनिबार ११ वटा फलामको काँटी शनिमा चढाउनु होला । ऊँ शं शनिश्चराय नमः यो मन्त्र जाप गर्नुहोस् । शुभ रंग ध्वासे, कालो, निलो र अंक ११ ।

मीनः यो साता मीन राशीलाई समय मध्यम रहेको छ । आम्दानीमा कमि हुनेछ । खर्च बढ्ने छ । विद्या प्राप्ति हुनेछ । आफन्तजनको भेटघाटले मन प्रसन्न हुनेछ । तीर्थ यात्राको पनि योग रहेको छ । शनिको साढें साती आधा चलिरहेको छ । त्यसकारण चोटपटक लाग्न सक्छ, जोगिएर रहनुहोला । ऋण नलिनुहोला । ठूलो लगानी गरेर कार्य नगर्नु होला । पुरानो कामलाई पूर्णता दिनु होला । शुभ रंग पहेलो, सेतो र अंक ९ र २ ।