तपाईको यो साता (२०८० भाद्र १६ गते शनिबार) « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

तपाईको यो साता (२०८० भाद्र १६ गते शनिबार)


यलम्वर टाइम्स
१६ भाद्र २०८०, शनिबार ०२:५७

मेषः समय मध्यम रहेको छ । ग्रहगोचर परिवर्तनसँगै कारोबार बढ्ने देखिन्छ । आर्थिक लाभ, मनमा शान्ति, व्यवसायमा लगानी गर्दा शुभ छ । पुरानो ऋण उठ्ने छ । पैतृक सम्पत्ति र भूमि कारोबार सफल हुनेछ । स्वास्थ्य लाभ हुनेछ । मंगलबार हनुमान जीको पूजा गरी रातो कपडा, गुँड दान गर्नुहोस् । बाँदरलाई फल खुवाउनुहोस् शुभ हुनेछ । शुभ रंग रातो, अंक १ ।

वृषः यो हप्ता शुभ रहेको छ । शुक्र शुभकारक भई केन्द्र स्थानमा चलेसँगै आर्थिक लाभ, कारोबारमा वृद्धि, प्रसन्ता, आमोद प्रमोदमा दिन बित्ने छ । विद्यार्थीहरुलाई विद्या प्राप्तिको योग छ । निर्माण कार्य सम्पन्न हुनेछ । वैदेशिक यात्राको योग सफल रहेको छ । हिरा, रत्न लगाउनुहोस् शुभ रहनेछ । मंगलबारदेखि यात्रामा सावधानी अपनाउनुपर्ने देखिन्छ । चोटपटक लाग्न सक्ने भएकाले टाढाको यात्रा नगर्नुहोला । शुभ रंग सेतो र अंक ९, २ हो ।

मिथुनः यो राशीलाई यस साता शुभ रहेको छ । बुध योगकारक रहेको हुनाले व्यपार वृद्धि, धन लाभ, यश लाभ हुनेछ । दिउँसोको समयमा आर्थिक कारोबार गर्नुहोला । २ बजेपछिको समय शुभ छ । मंगलबारदेखि शुक्रबारसम्म नयाँ कारोबारको थालनी हुनेछ । यात्रा सफल रहेको छ । चल सम्पत्ति रुपैयाँ–पैसाको कारोबार गर्नुपर्ने देखिन्छ । भूमी लाभ, मित्रहरुको सहयोग प्राप्त हुनेछ । शिवको पूजा गरी ऊँ नमः शिवाय मन्त्र १०८ जप गर्नुहोस् । सोमबार शुभ हुनेछ । शुभ रंग हरियो र अंक ३, ६ ।

कर्कटः कर्कट राशीको ग्रहगोचर परिवर्तन भइरहेका छन् त्यसकारण आम्दानीमा वृद्धि हुनेछ । धन लाभ, मानसम्मानमा वृद्धि, सत्रु पराजय हुने छन् । शनिबार ऊँ शं शनिश्चराय नमः को जाप गरी जोगीलाई कालो कपडा, तिल, तेल, फलाम, वस्त्र आदि दान गरी शिवको पूजा अभिषेक गर्नु राम्रो हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पैतृक कार्य तथा घरमा मांगलिक कार्यहरु हुनेछन् । यो साता तपाईलाई धेरै कामको भार हुनेछ । कूलदेवीको पूजा गर्नुहोस् । शुभ रंग सेतो र अंक ४ ।

सिंहः यो साता सिंह राशीका लागि एकदम शुभ रहेको छ । व्यापारमा वृद्धि, धन लाभ, यश लाभ, यात्रा सफल रहेको छ । पुरानो कामको समापन भई नयाँ कामको थालनी हुनेछ । मनमा प्रसन्नता, होटल, पर्यटन व्यवसायमा लाभ हुनेछ । ठूलठूला अधिकारी वर्गको सहयोग प्राप्ति हुनेछ । छोटो दूरीको यात्रा हुनेछ । मंगलबार साँझदेखि ग्रहको परिवर्तनसँगै अलिक सावधानी अपनाउनु पर्नेछ । चोटपटक लाग्न सक्छ, सजग रहनुहोला । शुभ रंग रातो र अंक ५, ३ ।

कन्याः यो सप्ताह मध्यम फलदायक समय छ । विद्या प्राप्ति, यश लाभ, नयाँ गृहमा प्रवेश हुनेछ । कार्यमा सफलता प्राप्ति, धन सञ्चय, वैदेशिक यात्रा सफल छ । ऋण चुक्ता हुनेछ । चल सम्पत्तिको व्यापार किराना, कस्मेटिक आदिको कारोबार शुभ रहेको छ । शनिबारदेखि मंगलबारसम्म व्यापारमा राम्रो हुनेछ । मंगलबारदेखि बुध ग्रह अलिक राम्रा छैनन् । लगानीमा सावधान हुनुहोला । काम गर्दा सोच विचारका साथ गर्नुहोला । शुभ रंग हरियो, निलो र अंक ६, २ ।

तुलाः यो साता तुला राशीका लागि समय एकदम राम्रो रहेको छ । ग्रहगोचर राम्रा छन् । शुक्र योगकारक छ । धन लाभ, प्रतिष्ठामा वृद्धि, भाग्योदय, नयाँ स्थानमा भ्रमण हुनेछ । भूमिको कारोबार सफल छ । पश्चिम दिशाको लामो दूरीको यात्रा गर्नुपर्ने देखिन्छ । रत्नको व्यापार शुभ छ । कपडा, ऊन, सुनचाँदी आदिको व्यापार यो साता राम्रो हुनेछ । भाग्यले साथ दिने समय आएको छ । सरकारी कर्मचारीहरुको पदोन्नति हुनेछ । साथीहरुको सहयोग प्राप्त हुनेछ । शुभ रंग सेतो, पहेलो र अंक ९, ३ ।

वृश्चिकः यो साता वृश्चिक राशीका लागि समय एकदम राम्रो छ । केन्द्रेश मंगल धन स्थानमा बसेको हुनाले ठेक्कापट्टा, भूमि, तेल, खनिज पदार्थ, रत्नको व्यापार शुभ रहेको छ । पुराना कार्य सम्पन्न भई नयाँ कार्यको थालनी हुनेछ । शनिबार शनिको पूजा गरी ऊँ शं शनिश्चराय नमः भन्ने मन्त्रको जप गर्नुहोस् । इष्टदेवको पनि पूजा गर्नुहोस् । यो साता तपाईले यथेष्ट सम्पत्ति कमाउने योग छ । शुभ रंग रातो, पहेलो र अंक ८, १ ।

धनुः यो साता मध्यम समय रहेको छ । भाग्येश गुरु अष्टमेष पनि रहेकाले बन्न लागेको काम पनि रोकिने छ । गुप्त सत्रु बढ्नेछन् । कसैलाई थाहा नदिई कार्य गर्नुहोस् नत्र धोका पाइनेछ । अष्टमेष गुरुले गर्दा स्वास्थ्यमा पनि असर गर्नेछ । कफ, वाथको रोगमा वृद्धि गर्ने छ । खानपानमा सचेत रहनुहोला । मंगलबारदेखि मात्र तपाईलाई लाभ हुनेछ । विहीबार पहेंलो कपडा, घ्यू, मुंग दाल, चना, गुँड फल दान गर्नुहोस् । शिवजीको पूजा गरी रुद्राभिषेक गर्नुहोला । शुभ रंग पहेलो, रातो र अंक ९, २ ।

मकरः यो साता शुभ रहेको छ । अन्त्य साढें साती चले पनि शनि योगकारक छन् त्यसकारण तेल, कोइला, खनिज पदार्थ, भूमि आदिको व्यापारमा लाभ हुनेछ । कालो वस्तुको व्यापार, फलाम, टायर आदिको कारोबार पनि शुभ छ । डाक्टरहरुमा पनि आफ्नो पेशाबाट मनग्ये आम्दानी हुनेछ । तीर्थ यात्रा, लामो दूरीको यात्रा पनि शुभ रहेको छ । शनिबार धन लाभ हुनुका साथै कार्य सिद्धीको योग छ । शनि देवको पूजा गर्नुहोला । शुभ रंग कालो र अंक १०, ५ ।

कुम्भः यो साता मध्यम फलदायी छ । आफन्तजनको सहयोग प्राप्ति हुनेछ । नयाँ व्यापारको थालनी, वैवाहिक सम्बन्धमा मधुरता, प्रेम प्रसंगमा विजय प्राप्तिको योग छ । सत्रुको षडयन्त्रबाट जोगिनुपर्ने छ । शनि चेष्टावली भएर तृकभावमा स्थित भएका कारण सत्रु वृद्धि हुनेछन् । अनावश्यक खर्चबाट जोगिनु होला । चेटपटकबाट बच्नु होला । मध्य साढें सातीका कारण शारीरिक तनाव, चिन्ता समेत हुन सक्छ । शनिबार शनिको पूजा गरी हनुमान चालिसा पाठ गर्नुहोस् । शुभ रंग कालो र अंक ७ ।

मीनः यो साता मीन राशीका लागि एकदम राम्रो समय रहेको छ । कार्य सम्पन्नता, व्यापारमा वृद्धि, धनको लाभ, सत्रु पराजय आदिको योग छ । गुरु वृहस्पति योगकारक छन् । विद्या क्षेत्रमा उन्नति हुनेछ । आफन्तहरुको साथ सहयोग रहनेछ । तीर्थ यात्रा, टाढाको यात्रा गर्नुपर्ने देखिन्छ । शनि साढें सातीका कारण काम ढिला हुन सक्छ । शनिको पूजा गरी अं शं शनिश्चराय नमः को जप गर्नुहोस् । चोटपटकबाट बच्नुहोस् । ऋण नलिनुहोस्, लिएको ऋण चाँडै चुक्ता गर्नुहोस् । लगानी गर्नु परेमा मंगलबारपछि मात्र गर्नुहोस् । शुभ रंग पहेलो र अंक २ र ७ ।