सहयात्रा ग्रुपको दुव्र्यवसनी विरुद्ध सचेतना कार्यक्रम « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

सहयात्रा ग्रुपको दुव्र्यवसनी विरुद्ध सचेतना कार्यक्रम


यलम्वर टाइम्स
१९ भाद्र २०८०, मंगलवार १०:३७

अर्जुनधारा । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागूपदार्थ दुव्र्यवसनी विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले अर्जुनधारा नगरपालिका–३ स्थित जनता माविका विद्यार्थीहरुमाझ लागूपदार्थ दुव्र्यवसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखा र ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा किशोर अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरेर अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा करिब २ सय ५० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

सचेतना कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्की, सहयात्रा ग्रुप नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम कट्टेल, लागूपदार्थ दुव्र्यवसनी विरुद्धको अभियन्ताद्वय कृष्ण गौतम र उत्सव ढकालले सहजिकरण गरेका थिए ।