११औं कोरियन एम्बेस्डर ओपन तेक्वान्दोमा अर्जुनधाराबाट सात खेलाडी सहभागि हुने « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

११औं कोरियन एम्बेस्डर ओपन तेक्वान्दोमा अर्जुनधाराबाट सात खेलाडी सहभागि हुने


यलम्वर टाइम्स
२० भाद्र २०८०, बुधबार ०८:४६

अर्जुनधारा । भदौं २७ देखि काठमाण्डौमा हुने ११ औं कोरियन एम्बेस्डर ओपन तेक्वान्दो च्याम्पियनशीप प्रतियोगितामा अर्जुनधाराबाट ६ पुरुष र एक महिला गरी ७ खेलाडीले संस्थागत रुपमा सहभागिता जनाउने भएका छन् ।

देशभरीकै सबै उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउने उक्त प्रतियोगितामा अर्जुनधाराबाट संस्थागत रुपमा पहिलो पटक सहभागि जनाउन लागिएको हो ।

नेपाल तेक्वान्दो संघ झापाका उपाध्यक्ष कुमार भट्टराईले राष्ट्रकै ठूलो प्रतियोगितामा अर्जुनधाराबाट संस्थागत रुपमा खेलाडीहरु सहभागि गराउनु आफैमा गौरवको विषय भएको बताए ।

उनले प्रतियोगिताबाट मेडल प्राप्त खेलाडीले भोलि देशकै प्रतिनिधित्व गर्दै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने हुँदा उनीहको वृत्ति विकासका लागि सहयोग सिद्ध हुने बताए ।

भट्टराईले अर्जुनधाराका लागि सबैभन्दा बढी मेडल दिलाउने खेल तेक्वान्दो नै भएको जिकिर गर्दै अगाडि भने, ‘हामीसँग राम्रा खेलाडी छन्, प्रतियोगितामा मेडल दिलाउने छन् भन्ने आशा छ’ ।

उनले प्रतियोगितामा सहभागि हुन अत्याधिक खर्च लाग्ने बताउँदै नगरपालिका, स्थानीय खेलप्रेमीसँग सहयोगका लागि आग्रह पनि गरे ।

सूर्यज्योति तेक्वान्दो डोजाङको अगुवाईमा अर्जुनधाराका खेलाडीहरुले सहभागिता जनाउने अर्जुनधारा नगर तेक्वान्दो खेलकुद समितिका अध्यक्ष दिपेन दनुवारले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागि हुन अनुमानित २ लाख रुपैयाँ लाग्ने छ ।

नगरबाट राजकुमार दर्जी, आदर्श निरौला, सबिक श्रेष्ठ, सेमुहाङ्मा सम्बाहाम्फे, प्रदिप विश्वकर्मा, मनिष सार्की, प्रितु राई गरी सात खेलाडी र दुई अफिसियल दिपेन दनुवार, अजय गुप्ताको सहभागिता रहनेछ ।

काठमाण्डौ सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको कभट हलमा हुने प्रतियोगितामा अर्जुनधाराका खेलाडीहरुले पुम्से र ग्यारोगी विधामा प्रतिस्पर्धा गर्ने छन् ।

अहिले खेलाडीहरु सूर्यज्योति तेक्वान्दो दोजाङको कभट हलमा क्लोज क्याम्पमा रहेका छन् । क्याम्प १५ दिनसम्म सञ्चालन हुने छ भने २५ गते टिम काठमाण्डौ प्रस्थान गर्ने अध्यक्ष दनुवारले बताए ।