‘शरीर मेरो किराँत, मुटु मेरो लिम्बूवान’ « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

‘शरीर मेरो किराँत, मुटु मेरो लिम्बूवान’


यलम्वर टाइम्स
२२ भाद्र २०८०, शुक्रबार १२:४३

खुदुनाबारी । महिला मुक्ति आन्दोलनकी अग्रणी नेतृ मीना पन्धाकले ‘शरीर मेरो किराँत हो, मुटु मेरो लिम्बूवान हो’ भन्ने आवाज बोकेर मैदानमा उत्रिएकी छिन् ।

झापा अर्जुनधारा–३ खुदुनाबारी स्थायी बसोबास गर्दै समानुपातिक प्रतिनिधित्वको आवाज र राष्ट्रिय स्वाधिनताका लागि भनी लड्दै आएकी पन्धाक जनमुक्ति पार्टीको एक खम्बाको रुपमा उभिएर पार्टीले उठाएको आवाजलाई गाउँ केन्द्रीत भएर काम गरिसकेकी छिन् ।

लामो समयसम्म पार्टीको विभिन्न ओहोदामा रही मेची महाकालीसम्म आन्दोलनमा होमिएकी पन्धाक पछिल्लो पटक पार्टीको गतिविधि र परिणाम खुम्चिदा आफूलाई दुःख लागेर आएको यलम्वर टाइम्सको एक भेटमा उनले बताइन् ।

झापामा पहिचानवादी महिला नेतृ भनेर छुट्टै छाप छाडेकी पन्धाकले पहिचान स्थापना गर्न आफू पछि नहट्ने बताइन् । उनी पहिचान विरोधी तत्वलाई पाखा लगाउन सबै मुक्ति योद्दाहरु एक जुट हुनुपर्ने बताउँछिन् ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि आदिवासी जनजातिहरु दबिएर बस्नुपर्ने पीडालाई अन्त्य गर्न ठूला दल अझै पनि हिचकिच्याइरहेको टिप्पणी पनि गर्छिन् ।

नेतृ पन्धाकले संघीय राज्य, धर्म निरपेक्ष र वृद्ध भत्ता जनमुक्तिको एजेण्डा भएको हुँदा यसलाई सम्मान गर्न अनुरोध गरिन् ।