तपाईको यो साता (२०८० भाद्र २३ गते शनिबार) « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

तपाईको यो साता (२०८० भाद्र २३ गते शनिबार)


यलम्वर टाइम्स
२३ भाद्र २०८०, शनिबार ०२:५६

मेषः यो साता मेष राशीलाई समय राम्रो रहेको छ । राशीका स्वामी मंगल शुभकारक भइ धनस्थानमा चलिरहेको छ । व्यापार वृद्धि, धन लाभ लेनदेनको व्यापार शुभ छ । लगानी गरे लाभ हुनेछ । यो साता मानसम्मानमा वृद्धि, पराक्रम वृद्धि हुने छ । छोटो दूरीको यात्रा सफल छ । २३ गतेबाट बुध मार्गी हुने हुँदा व्यापारी कारोबार राम्रो हुनेछ । शुभ रंग रातो, अंक १, ५ ।

वृषः यो हप्ता वृष राशीको समय एकदम राम्रो रहेको छ । नयाँ कार्यको थालनी, निर्माण कार्य सफल, विद्या क्षेत्रमा उन्नति, व्यापार वृद्धि, आर्थिक लाभ हुनेछ । मंगलबारदेखि ग्रह परिवर्तन भएसँगै सत्रुबाट सावधान रहनुहोला । झगडा, मुद्दामामिला हुन सक्ने सम्भावना छ । ऊँ रां राहुवे नमः मन्त्रको १८ हजार जप गरी होम गर्नुहोस् । अपाङ्गहरुको सेवा गर्नुहोस शुभ हुनेछ । शुभ रंग सेतो र अंक २, ७ ।

मिथुनः मिथुन राशीका लागि यो साता मध्यम समय रहेको छ । मनमा हर्ष, उत्सव, स्वास्थ्य लाभ, कुटुम्बबाट झगडाको योग छ । सावधान रहनुहोला । कारोबार गर्दा दिउँसोको समयमा गर्नुहोला । चल सम्पत्ति, दैनिक उपभोग्य समान किराना आदिको व्यापार राम्रो हुनेछ । अतिथि सेवाको मौका मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक यात्रा सफल रहनेछ । सोमबारदेखि ग्रहगोचर परिवर्तन हुँदैछन् । लामो दूरीको यात्रा गर्नुपर्ने छ । ऋणबाट सावधान रहनुहोला । शुभ रंग हरियो, पहेंलो र अंक ६, ९ ।

कर्कटः यो साता कर्कट राशीलाई एकदमै राम्रो समय रहेको छ । ग्रह परिवर्तन भएसँगै आर्थिक लाभ, छोटो दूरीको यात्रा सफल, आम्दानीमा वृद्धि, साथ सहयोग प्राप्ति, यश लाभ नयाँ कार्यको थालनी हुनेछ । सत्रु पराजय हुने छन् भने मांगलिक कार्यहरु गर्नुपर्ने छ । कार्यको भार पनि रहला । सरकारी जागिरको प्रवल योग छ । आफ्नो कूलको पूजा गर्नुहोस् । राशीमा अढैया चलिरहेको कारण ऋण लिएको भए तिर्न ढिला हुनेछ । ऊँ शं शनिश्चराय नमः को जाप गर्नुहोस् । शुभ रंग सेतो र अंक ४, २ ।

सिंहः समय बलवान छन् । सत्रु पराजय, यश लाभ, सन्तान पक्षमा भने अलिक चिन्ता हुनेछ । परिवारमा समय दिनुपर्ने देखिन्छ । टाढाको यात्रा हुनेछ । प्रातः स्नान गरी ऊँ घृणि सूर्याय नमः मन्त्रको जाप गरी सूर्यलाई जल चढाउनुहोस् । मंगलबारदेखि ग्रह परिवर्तन भई चोटपटक लाग्न सक्छ । सावधान रहनुहोस् । ठूलठूला कार्ययोजना सफल हुने दिन आएका छन् । स्वास्थ्यमा ख्याल राख्नुहोला । शुभ रंग रातो र अंक ५, १ ।

कन्याः कन्या राशीलाई यो साता शुभ छ । नयाँ गृहमा प्रवेश, निर्माण कार्यमा सफलता, स्वास्थ्य लाभ प्राप्त हुनेछ । यात्रा सफल छ । घरमा नयाँ सदस्यको आगमन हुने योग छ । सरकारी जागिरेहरुलाई स्थानान्तरणको योग छ । धेरै लगानी नगर्नुहोला । पुराना कार्यलाई सम्पन्न गर्नुहोस् । ऋणले मनमा चिन्ता हुनेछ । आफन्तबाट धोका पाउनु हुनेछ । सावधान रहनुहोला । शुभ रंग हरियो, रातो र अंक ६ ।

तुलाः तुला राशीलाई यो साता एकदम शुभ रहेको छ । शुक्र लाभेष भई अलेका छन् व्यापार वृद्धि धनलाभ सबै प्रकारका सुख भोग, सत्रु नाश, आचरणमा ध्यान दिनुहोला लान्छना लाग्ने सम्भावना छ । स्त्रीहरूबाट दूरी बनाउनु राम्रो होला । अचल सम्पत्तिको व्यापार, भूमि, तेल, कोइला आदिको व्यापार बढ्ने छ । परोन्नति, जागिर, व्यवसाय आदि बढ्ने छन् । लक्ष्मी जी को स्तोत्र श्री शुक्तमको पाठ गर्नु गराउनु पर्ने देखिद । शुभ रंग सेतो र अंक ७ ।

वृश्चिकः यो राशिलाई आजको दिनदेखि सोमबार साँझसम्म अलिक आर्थिक कठिनाई हुनेछ । सोमबारदेखि उताका दिनहरू शुभ रहने छन् । दूध, दहीले शिवको पूजा अभिषेक गरी ॐ नमः शिवायको जप गर्नुहोस् । ठूलठूला कन्टेक्टका कामहरू हुने छन् । मित्रहरूले सहयोग गर्ने छन् । ठेक्का, व्यापार भूमिको कारोबार, अचल सम्पतिको व्यापार, खनिज पदार्थको व्यापार राम्रो हुनेछ । शनिवार हनुमान चालिसा पाठ गरी बाँदरलई फल, गाईलाई रोटी खुवाउनुहोस्, शुभ हुनेछ । शुभ रंग रातो, निलो र अंक १, ८ ।

धनुः यो साता धनु राशीका लागि समय बलवान रहेको छ । कार्यमा सफलता, धन लाभ, सत्रु पराजय हुने छन् । सोमबार शिवको पूजा गरी मृत्युञ्जयको जाप गर्नुहोस् । शुभ हुनेछ । पुराना काम समाप्त भई नयाँ कार्यको थालनी हुनेछ । स्वास्थ्यमा ख्याल राख्नु होला । कफ र वाथको समस्या हुन सक्ने सम्भावना छ । सावधान रहनु होला । विद्या क्षेत्रमा लाभ हुनेछ । परीक्षा फल राम्रो हुनेछ । लगानी गर्दा मंगलबारपछि राम्रो छ । इष्टदेवको पूजा गरी ऊँ बृहस्पतये नमः मन्त्रको जाप गर्नुहोस् । शुभ रंग पहेलो र अंक २ ।

मकरः मकर राशिलाई यो हप्ता मध्यम समय रहेकाले पहिला तपाई आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला । शनि साढे साती चलेसँगै कार्य बाधा, ऋणको समस्या उत्पन्न हुनेछ । ॐ शं शनिश्चराय नमः को जप गरी जोगीलाई दान गनुहोस् । मंगलबारदेखि पुनः काममा सफलता, धन लाभ, यश लाभ हुनेछ । यात्रा सफल छ । स्त्री सुख, मनमा हर्ष उल्लास हुनेछ । शुभ रंग कालो र अंक ९, ४ ।

कुम्भः यो राशीलाई यस साता मध्यम समय छ । कार्यमा ढिलासुस्ति हुनेछ । आफन्तहरुले धोका दिने हुँदा सावधान रहनुपर्ने देखिन्छ । पैतिक सम्पत्तिको विवाद रहनेछ । अनावश्यक खर्च झमेला आइपर्ने छ । मंगलबारबाट भने ग्रह परिवर्तन भइ नयाँ कार्य थालनी हुनेछ । व्यापार वृद्धि, धन लाभ, चल सम्पत्तिको व्यापार शुभ रहनेछ । हनुमान जीको दर्शन पुजन गरी हनुमान चालिया मंगलबार र शनिबार ११ आवृत्ति गर्नु होला । लगानी गर्दा शेयरमा गर्नुहोला शुभ छ । शुभ रंग कालो, ध्वाँसे र अंक १, ७ ।

मीनः मीन राशीलाई यो साता शुभ रहेको छ । आर्थिक लाभ पराक्रममा वृद्धि, सत्रु नाश, यश लाभ, विद्या प्राप्तिको योग छ । राशी स्वामी वृहस्पति शुभ छन् । यात्रा शुभ रहेको छ । व्यापारको सिलसिलामा टाढाको यात्रा सम्भव छ । मामली घरमा साप्ताहिक कार्यक्रम हुनेछ । शनिबार जोगीलाई तेल, कालो कपडा, तिल आदिको दान गर्नुहोस् । अचल सम्पत्तिको व्यापार, वस्त्रको व्यापार शुभ छ । मंगलबारसम्म नयाँ कार्यको थालनी हुने योग छ । शुभ रंग पहेलो, रातो र अंक ९ र २ ।