अर्जुनधाराकी संस्कृति मिस युनिभर्स नेपालको फाइनलमा « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

अर्जुनधाराकी संस्कृति मिस युनिभर्स नेपालको फाइनलमा


यलम्वर टाइम्स
२३ भाद्र २०८०, शनिबार ०३:०८

मिस यूनिभर्स नेपाल २०२३ को अन्तिम प्रतिस्पर्धामा अर्जुनधाराकी संस्कृति क्षेत्री कार्की पर्न सफल भएकी छिन् ।

अर्जुनधारा–८ शनिश्चरे बजार निवासी कार्की काठमाण्डौमा जारी प्रतियोगितामा अन्तिम २२ मा पर्दै फाइनलमा स्पर्धा गर्न लागेकी हुन् ।

शनिबार (आज) बेलुका हुने फिनालेमा संस्कृतिले आफ्नो प्रस्तुति दिने छिन् ।

औषधि व्यवसायी राजु कार्की र नुतन कार्कीकी छोरी संस्कृति प्रतिस्पर्धामा विजयी भई आफ्नो नगर र जिल्लाको नाम राख्ने बताउँछिन् ।

मोडलिङप्रति सानैबाट रुचि रहेको सुनाउने संस्कृतिले विजेता बनेको खण्डमा मिस यूनिर्भस अन्तर्राष्ट्रियमा भाग लिन पाउने बताइन् ।