अर्जुनधारामा प्याव्सनको अतिरिक्त क्रियाकपाल सुरु « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

अर्जुनधारामा प्याव्सनको अतिरिक्त क्रियाकपाल सुरु


यलम्वर टाइम्स
२४ भाद्र २०८०, आईतवार १०:०५

अर्जुनधारा । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नेपाल झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।

अर्जुनधारा–७ स्थित रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कूलको सभाहलमा औपचारिक कार्यक्रम गर्दै प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपप्रमुख खतिवडाले शिक्षा क्षेत्रमा निजी विद्यालयले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताइन् ।

प्रतियोगिता अन्तर्गत निबन्ध लेखन, चित्रकला, आकस्मिक वकतृत्वकला, हाजिरी जवाफ, श्रुतिलेखन, हिज्जे आदि सञ्चालन हुने प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा २९ वटा विद्यालयका पाँच सय बढी विद्यार्थीहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार एवम् रुपरत्नका संस्थापक प्रभुकुमार श्रेष्ठ, प्रतियोगिताका निर्णायकद्वय सुवर्ण भट्टराई र हरिनारायण भट्टराई, अर्जुनधारा प्रेस क्लबका सल्लाहकार दिपीन राई लगायतको आतिथ्यता रहेको थियो ।

प्याब्सन अर्जुनधारा अध्यक्ष सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष कुमार रायाले स्वागत तथा सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।