वडाध्यक्ष मिश्रलाई पितृ शोक « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

वडाध्यक्ष मिश्रलाई पितृ शोक


यलम्वर टाइम्स
२६ भाद्र २०८०, मंगलवार ०७:१९


अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिष्म मिश्रलाई पितृ शोक परेको छ ।

उनका पिता प्रेमप्रसाद मिश्रको आज मंगलबार बिहान ८ः१४ बजे असामयीक निधन भएकाले शोक परेको हो ।

मिश्रलाई आजै हिन्दु परम्परा अनुसार कनकाई माईमा दाहसंस्कार गरिने भएको परिवारले जनाएका छन् ।

लामो समय शिक्षण पेशामा आवद्ध मिश्र अवकाशपछि घरैमा बसेर सामाजिक काममा सक्रिय थिए ।