जनमुक्तिलाई बलशाली बनाउनेः महासचिव अस्लामी « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

जनमुक्तिलाई बलशाली बनाउनेः महासचिव अस्लामी


यलम्वर टाइम्स
१२ आश्विन २०८०, शुक्रबार ११:०३

सुरुङ्गा । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले पार्टीलाई बलशाली बनाउन सबै एक जुट हुनुपर्ने बताएका छन् ।

‘पार्टी शुद्धीकरण, सुदृढीकरण अभियान २०८०’ अन्तर्गत झापा सुरुङ्गा आईपुगेका महासचिव अस्लामीले कार्यकर्तामाझ यस्तो बताएका हुन् ।

सुरुङ्गा स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित प्रदेश १ स्तरीय भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव अस्लामीले आफ्नो संयोजकत्वमा पार्टी शुद्धिकरण, सुदृढीकरण अभियान सुरु भएको बताए ।

उनले पार्टीलाई नयाँ शक्तिको रुपमा अगाडि बढाउन पहिचानको आवाजलाई बुलन्द बनाउँदै अब नेतृत्व वर्ग गाउँ केन्द्रीत हुनुपर्ने बताए ।

महासचिव अस्लामीले पार्टीलाई बलशाली बनाउन पार्टीले उद्घोष गरेको यस अभियानलाई सफल बनाउन प्रदेश १ समिति साथै प्रदेश अन्तर्गतका सबै जिल्ला समितिहरुलाई निर्देशन दिएका थिए ।

प्रदेश अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको भेटघाट कार्यक्रममा केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिका प्रमुख दलबहादुर बीरकट्टा, केन्द्रीय सचिव गजेन्द्र आङबुहाङ, केन्द्रीय सदस्य मधु राना, केन्द्रीय सदस्य धनी आले, संघीय परिषद सदस्यहरु क्रमशः इन्द्र आङदेम्बे र मैना बराईली लगायतको सहभागिता रहेको थियो ।

कैलाश थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रदेश सदस्य दिलीप राईले गरेका थिए ।