दलाल, पूँजीवाद विरुद्ध २४ गते बिर्तामोडमा विप्लव सीले सम्बोधन गर्ने « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

दलाल, पूँजीवाद विरुद्ध २४ गते बिर्तामोडमा विप्लव सीले सम्बोधन गर्ने


यलम्वर टाइम्स
१८ आश्विन २०८०, बिहीबार १२:५८

बिर्तामोड । नेपाली जनतामा थुपारिएको संकट, दलाल, पूँजीवादीको दबदबाका कारण नेपाली जनता निरास भइरहेको अवस्थामा समाजवादी मोर्चा नेपालले असोज २४ गते झापाको बिर्तामोडमा सन्देश सभा गर्ने भएका छन् ।

समाजवादी मोर्चाले बिहीबार पत्रकार सम्मेलन गर्दै सन्देश सभालाई सम्बोधन गर्न प्रमुख वक्ता नेकपाका महासचिव विप्लव सी आउने भएका हुन् । उनीसँगै नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेव, एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राई, जनता समाजवादीका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि सम्बोधन गर्ने भएका हुन् ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नीले आम जनता आर्थिक अवस्थाबाट अस्तव्यस्त भइरहेको बेला त्यसलाई सम्बोधन गर्न समाजवादी मोर्चाले मात्र सक्ने भएको हुँदा सडक र सदन दुवैबाट जनताको मनोबल उकास्ने कार्यमा लागेको बताए ।

समाजवादी मोर्चा पहिचान पक्षको गतिलो मोर्चा भएको बताउँदै कोशी प्रदेश कुनै हालतले पनि हुन नसक्ने बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष देवराज रेग्मीले बेरोजगार समस्या, कृषकको उत्पादनलाई प्रोत्साहन, युवा पलायनलाई रोक्न मोर्चा अग्रगतिमा उभिएको बताए ।

पत्रकार सम्मेलनमा नेकपाका नेता सुमन सीले एमसीसी लागू भए यता विदेशी दबदबा बढ्दै गएको र भ्रष्टाचारीहरु विदेशी आडमा उफ्रिरहेको बताउँदै राष्ट्रलाई ऋणको भारमा उभ्याउनेलाई समाजवादी मोर्चाले नस्वीकार्ने बताए ।

जसपाका नेता दिपेनवाला राईले पहिचानका नाममा एमालेले खेलेको भूमिका सैय नभएको बताउँदै मोर्चाले नै जनताले चाहेको पहिचान निर्माण गरेर जाने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सिपी कडरीया लगायतले आफ्ना विचार राखेका थिए ।

यसरी नै झापामा पनि समाजवादी मोर्चा गठन भएको छ । मोर्चाको संयोजकमा प्रशान्त सी, सञ्जय सी, हुकुम सी नेकपाबाट प्रतिनिधित्व गरेका छन् भने नेकपा माओवादी केन्द्रबाट सिपी कडरीया, पुरुषोत्तम चुडाल, मोहन टुडु रहेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट देवराज रेग्मी, वीपी भट्टराई, पदम सुब्बा रहेका छन् भने जसपाबाट दिपेनवाला राई, सनम राजवंशी, सन्तोष गणेश रहेका छन् ।