पूँजीवादी दलालले जनतालाई दुःख दिएः विप्लव सी « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

पूँजीवादी दलालले जनतालाई दुःख दिएः विप्लव सी


यलम्वर टाइम्स
२४ आश्विन २०८०, बुधबार १४:२१

बिर्तामोड । समाजवादी मोर्चाका नेता विप्लव सीले दलाल पूँजीवादको हातमा अर्थतन्त्र पुगेका कारण नेपाली जनतामा आर्थिक संकट आएको बताएका छन् ।

समाजवादी मोर्चा झापाले आयोजना गरेको सभामा प्रमुख अतिथि समेत रहेका माओवादीका महासचिव विप्लवले जनताको हातबाट सीमित मान्छेको हातमा पूँजी पुग्नुलाई दलाल पूँजीवाद भनिन्छ । त्यसैले गाउँले जनताको हातमा पैसा नभएको, यसको समुच्चित विकासका लागि समाजवादी मोर्चाले ल्याएको बताउँदै पूँजीवादको अन्त्य भएमात्र नेपाली जनताले भने जस्तो अधिकार पाउने बताए ।

उनले नेपालको जमिनले ६ करोड जनतालाई खान पुग्ने हुँदाहुँदै पनि किसानलाई भने जस्तो सहुलियत प्रदान नगरको कारण बाहिरबाट अन्न ल्याएर खानुपर्ने अवस्था सिर्जना पूँजीवादका दलालहरुले गरेको आरोप लगाए ।

जनताका छोरा सरकारमा भए पनि राज्य सत्ताको बागडोर, अर्थतन्त्र, सुरक्षा र व्यूरोकेट दलालको हातमा रहेको बताउँदै त्यसलाई चिर्न चार ठूला पार्टी समाजवादी मोर्चामा एक भएको बताए ।

यस्तो उद्देश्य बोकेर आएको मोर्चालाई धेराबन्दीमा पारेर अगाडि बढ्न नदिने खेल हुन खोजेको बताए । प्रमुख अतिथि विप्लवले पहिचान र समाजवादलाई जोड्दै गए जनताले चाहेको जस्तो प्रदेश नं. १ रहने बताए ।

सन्देश सभामा विशेष अतिथि नेकपा माओवादी केन्द्रका सचिव चक्रपणी खनाल ‘बलदेव’ ले समाजवादी मोर्चाबाट युवा, किसान, शिक्षा र पर्यटकलाई मजबुद बनाएर लगे स्वदेशमा नै रोजगार सिर्जना हुने बताए । उनले समाजवाद, विकास संस्कृति र पहिचानको आधारको बिन्दु भएको बताए ।

सभामा नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्रकुमार राईले पूँजीवादले प्रदेशलाई बदनाम गराउँदै गएको हुँदा प्रदेश नं. १ लाई ठूला दलहरुले अलमलाएको बताए ।

समाजवादी प्रदेश नं. १ का अध्यक्ष दिपक याक्खाले मोर्चाको उद्देश्य र लक्ष्यबारे बताए ।

प्रदेशका नेता सुमन सीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत जसपा झापाका अध्यक्ष दिपेनवाला राईले गरेका थिए । माओवादी झापाका अध्यक्ष राजु आचार्य ‘अग्नी’ र सचिव मोहन टुडुले संयुक्त रुपमा गरेका थिए ।