बडा दशैं आजबाट सुरु, तपाईहरुको राशीफलमा विजय दशमी « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

बडा दशैं आजबाट सुरु, तपाईहरुको राशीफलमा विजय दशमी


यलम्वर टाइम्स
२८ आश्विन २०८०, आईतवार ०१:४७

ज्यो.आ. हेमन्त भण्डारी

विजया दशमी भन्ने बित्तिकै हिन्दू परम्परा मनाउने र हिन्दू सनातन धर्मावलम्बीहरुको लागि ठूलो र महान पर्व हो । देश विदेश र स्वदेशमा रहनुहुने सम्पूर्ण माता, पिता, दाजुभाई, दिदीबहिनीहरु सबैमा यो महान चाडको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

यसपालिको विजया दशमीको सन्दर्भ घटस्थापना अश्विन २८ गते आईतबार (१५ अक्टोबर) मा बिहान ११ः४० बजे शुभ रहनेछ । जसमा धान, जौ, मकै आदि सप्तधान्यको जमरा राख्ने र त्यही २८ गते राखेको जमरा र दही मुछेको अक्षता लगाएर आफूभन्दा ठूलाबडाहरुको आशिर्वाद ग्रहण गरिने र भेटघाट गरी आपसी सदभाव कायम गर्ने महान पवै नै विजया दशमी हो । असत्यमाथि सत्यको विजय, पापमाथि पुण्यको विजय नै यसको विशेषता हो । असोज २८ गतेदेखि कात्र्तिक ७ गतेसम्म नवदुर्गा भवानीको पूजा गरी राखिएको जमरा मात्र ग्रहण गर्नुपर्ने मान्यता रहेको छ । शक्तिको प्रतिक भएको हुनाले भवानी दुर्गाको पूजा आराधनाको ठूलो महत्व छ । भगवती देवीले हाम्रो ज्ञान, धन, ऐश्वर्य वृद्धि गर्नुहुन्छ ।

विजया दशमीको टीका लगाउने साइत भने यस वर्ष ११ बजेर ५ मिटेनमा शुभ रहेको छ । जो कात्र्तिक महिनाको ७ गते (अक्टोबर २४) मंगलबार पर्दछ । दोमासाको भए पनि विजया दशमी शुभ नै रहेको छ । ग्रह गोचर विचार गर्दा राहु, मंगल, शनि जस्ता प्रवल ग्रहहरु लग्नमा र त्रिक भावमा चलेका छन् । आर्थिक मन्दि हुने, ठूलाठूला देश अमेरीका, इजराईल, भारत, नेपाल आदि देशहरुमा अर्थतन्त्र डामाडोल भइ संकटको अवस्था लाग्न सक्ने सम्भावना बढेर जानेछ ।

मेष राशीलाई शुभ छ । वृषलाई धन हानी, मिथुन राशीका लागि भय छ भने कर्कट राशीका लागि यश प्राप्ति रहेको छ । यसै गरी सिंह राशीको धन लाभ, कन्या राशी शारीरिक पीडा र तुला राशीलाई प्रसन्नता रहेको छ ।

वृश्चिक राशी व्यापार वृद्धि, धनु राशीलाई भय, बाधा, मकर राशीलाई पीडा छ भने कुम्भ राशीलाई ऐश्वर्य प्राप्ति र मीन राशीलाई लाभ, सुख हुनेछ ।