अर्जुनधाराकी मञ्जु इन्सपेक्टर बनिन् « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

अर्जुनधाराकी मञ्जु इन्सपेक्टर बनिन्


यलम्वर टाइम्स
२९ आश्विन २०८०, सोमबार ०५:३५

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ ओम चोककी मञ्जु बिसुन्के नेपाल सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक (इन्सपेक्टर) बन्न सफल भएकी छन् ।

असोज २१ गते तालिम पूरा गरेकी मञ्जु आफूले प्रहरीमा रहेर देशको सेवा गर्ने अवसर पाउनु गर्वको विषय भएको बताइन् ।

सामान्य गरिब परिवारकी मञ्जुले भानु माविमा कक्षा १२ सम्मको अध्ययन गरी मनकामना कलेजबाट स्नातक तह उतीर्ण गरकी छन् ।

सानैदेखि पढाइमा अब्बल रहेकी मञ्जु सामाजिक कार्यमा सक्रिय थिइन् । भविष्यमा अर्जुनधाराको नाम उच्च राख्दै देशको सेवा गर्ने धोको रहेको बताइन् ।