अर्जुनधारामा ‘लाउ माया सुटुक्कै’ (भिडियो सहित) « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अर्जुनधारामा ‘लाउ माया सुटुक्कै’ (भिडियो सहित)


यलम्वर टाइम्स
२९ आश्विन २०८०, सोमबार ०८:०७

अर्जुनधारा । अर्जुनधारामा ‘लाउ माया सुटुक्कै’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो आईतबार सार्वजनिक गरिएको छ ।

एमपी डिजिटल एण्ड एएन प्रोडक्सनको प्रस्तुति रहेको उक्त म्युजिक भिडिओ यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

दशैँलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाको सभाहलमा सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा गायक विन्दु परियार र भूपाल परियारको स्वर रहेको छ भने पदम गुरुङ र सुन्दर खनालको शब्द रहेको छ ।

अर्जुनधारा नगर क्षेत्रको सेरोफेरोमा छायांकन गरिएको म्युजिक भिडियोमा कलाकारहरु अतित निरौला, जेसिका पोख्रेल, एलिना थपलिया, विराज बाँस्कोटा लगायतको अभिनय रहेको छ । यस्तै, नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको पनि छोटो अभिनय रहेको छ ।

प्रोडक्सनका संस्थापक सुजन शिवाकोटीको अध्यक्षता र गोम्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम, पर्यटकीय क्षेत्र सुखानी सहिद स्मृति उद्यान पार्कलगायतका स्थानमा छायांकन गरिएको जानकारी दिइयो ।

प्रोडक्सन संस्थापक शिवाकोटीले अर्जुनधारा नगरको सुन्दरतालाई उजागर गर्न र नगरलाई कला र साहित्यसँग जोड्नका लागि अर्जुनधाराबाटै भिडियो सार्वजनिक गरिएको बताए ।

सोही कार्यक्रममा पहिलोपल्ट कोरस सम्मान पनि गरिएको छ । जसमा रिचन थापा, प्रिन्स मगर, आक्रोश श्रेष्ठ, विनय खनाल, प्रतिक्षा बुढाथोकी, विविसा कार्की, दिया लिम्बू, एलिजा सुवेदी, पवित्रा राई र आशिका तिम्सिना रहेका छन् ।

राग स्टुडियोमा रेकर्डिङ गरिएको भिडियो निर्देशकद्वय राज शेर्मा र लेखराज तामाङले निर्देशन गरेका हुन् ।

मिस्टर टम्सको निर्माण तथा किरण राई र विक्रम डिसीले छायांकन गरेको भिडियो ९ मिनेटको रहेको छ । युवाहरुलाई विदेशमा मात्र नभई स्वदेशमा पनि केही प्रयास गर्नका लागि प्रेरित गर्न खोजिएको निर्देशक शेर्माले जानकारी दिए ।

प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला लगायतको उपस्थिति रहेको कार्यक्रममा कलाकारका अभिभावकहरु खडानन्द बाँस्कोटा र राधिका बाँस्कोटा तथा हरिप्रसाद थपलिया र चन्द्रकला थपलियालाई सम्मान गरिएको थियो ।

कलाकार थपलियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपक ढुंगानाले गरेका थिए ।

भिडियो हेर्नुहोस् ।