कालोपत्रे मयेरको परिचय बनाउँदै नगर प्रमुख बलदेवसिंह गोम्देन « Yalambar Times
२९ बैशाख २०८१, शनिबार

कालोपत्रे मयेरको परिचय बनाउँदै नगर प्रमुख बलदेवसिंह गोम्देन


यलम्वर टाइम्स
१ कार्तिक २०८०, बुधबार ११:२६

अर्जुनधारा । सबैको उत्तिकै सहयोग र सद्भावले नगर सञ्चालनमा पाईला टेकेका बलदेवसिंह गोम्देन अर्जुनधाराका नगर प्रमुख हुन भनेर परिचय दिइरहनु नपर्ला । उनको एक वर्षे कार्यकाल अर्जुनधारा नगरमा सफल भएको मानिन्छ ।

उनी निर्वाचनमा होमिदै गाउँघरमा मत माग्न जाँदा नगरका बाटाहरुमा कालोपत्रे बनाउने वाचा गरे अनुसार गत वर्षमा ३३ किलोमिटरमा कालोपत्रे बनाउन सफल भएकाले सफल नगर प्रमुखका रुपमा परिचय दिएका छन् ।

मुलुक नेताले चलाएको हो कि ठेक्केदारले नगरको विकास गर्दै जाँदा नगर प्रमुख गोम्देन तीन छक्क पर्छन् । आफू वडा नं. १० को वडाध्यक्ष भएदेखि ठेक्का लागेका बाटाहरुमा सबैथोक प्राप्त गरेर पनि ठेक्केदारले भनेको समयमा काम नसक्दा यस्तो प्रश्न गर्दै सञ्चारकर्मीहरुसँग गुनगुनिन्छन् ।

निर्वाचित भएर कालोपत्रे निर्माणमा दिनरात खट्टिदा गोम्देनलाई कालोपत्रे मेयर भनेर पनि उपनाम दिएको सुनिन्छ । हुन पनि हो यसअघि निर्माण भएका कालोपत्रे बाटाहरु एक साल नहुँदै भत्किएकाले नगर प्रमुख गोम्देन आफै प्राविधिक कर्मचारीहरु लिएर फिल्डमा खटिएको पाइन्छ । जहाँ कालोपत्रे निर्माण हुँदैछ त्यहाँ नगर प्रमुख गोम्देन उभिएको हुँदा कालोपत्रे मेयरको उपाधि पाएका हुन् ।

सुशासन र पारदर्शीताले नै भ्रष्टाचारको अन्त्य हुने भएको हुँदा नगरलाई पारदर्शीताको बाटोमा लैजान सबैको सहयोगको याचना गरेका छन् । यस वर्ष मात्र कृषि, पशुपंक्षी, स्वरोजगार र शिक्षा जस्ता ठाउँमा बजेटले राम्रो स्थान पाएको छ ।

कृषकलाई औजार र आवश्यक मलको कमी हुन नदिने वाचा गर्दै खेतीका लागि कुलो निर्माण र खोला तलाउमा तटबन्धनका लागि बजेट छुट्याएको बताए ।

पर्यटन र शहर सौन्दर्यकरणमा पनि उनले बजेट निर्माण गरेका छन् । भने ०८०÷०८१ का लागि असहाय र गरिब जनताका लागि आवासको तर्जुमा गरिने जनाएका छन् ।

नगरको सीमित बजेटले नगर उज्यालो हुन नसक्ने भएको कारण प्रदेश र संघबाट धेरै योजना पनि भित्रिएका छन् । विकासको सानो काम गर्दा पनि राजधानी धाउनु पर्ने बाध्यताले अझै पनि स्थानीय स्तरमा काम खुलेर गर्ने वातावरण नभएको बताउँछन् ।

नगरमा विकास गर्नु चानचुने रहेन छ, माथि गएर न ढकढकाएसम्म विकास नहुने भएको हुँदा राजधानी धाउन बाध्य छौं, भेटमा नगर प्रमुख गोम्देनले यलम्वर टाइम्सलाई प्रतिक्रिया दिए । ठूलाठूला नेताहरु आउनु हुन्छ बोली दिनुहुन्छ तल्लो तह त स्थानीय तह नै हो त्यसैले बोलेका कुराहरुलाई पूरा गर्न खट्टिनु पर्ने बाध्यता त्यत्तिकै छ ।

उनी भन्छन्, ‘विकास गर्ने काममा सबै सकारत्मक बनौं । बाधा अड्चन र छेकबार गरियो भने त्यसले कसैलाई अगाडि बढ्न दिँदैन ।’

हामी जनताको भावनामा ठेस लगाउने काम गर्दैनौं । नगरको टीम विकास गर्नुपर्छ भन्ने नारामा एक जुट छौं तर केही बाधकहरु हाम्रा सामु पनि छन् । त्यसलाई मिलाउँदै समृद्ध अर्जुनधारा नगर बनाउन लागिपरेका छौं ।

शनिश्चरे बजार वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेतीले, सालबारी पार्क वडा नं. ९ का वडाध्यक्ष भिष्म मिश्रले, बसपार्क वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङनामले, कालिस्थान र जलकन्या वडा नं. १० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेले, खुदुनाबारी बजार र साठ्ठीमुरे वडा नं. ३ र २ का सीताराम र नरेन्द्र श्रेष्ठले, वडा नं. १ को साधुटार र सिस्ने उपेन्द्र बस्नेतले, मदनपुर र जुकेखाडी हुँदै दहिझोडा वडा नं. ४ का अम्मर कटुवाल, बैसाबाडी, कञ्चनबारी र बाँसबारी वडा नं. ६ का गीताराज र अर्जुनधारा जलेश्वर, रमाइलो बस्ती आदि ठाउँमा वडा नं. ७ का गोविन्द खतिवडा र छाता चोक, लक्ष्मीपुर वडा नं. ६ का हरिश बास्तोला लगायत निर्वाचित सबै सदस्यहरु लागि पर्नुभएको छ । यसरी मिलेर निर्वाचित भएको टिम आएको हुँदा हामी हाम्रो पालमा बोलेका कुरा पुर्याएर परिणामतर्फ केन्द्रीत हुनेछौं ।