प्रथम खुला नकआउट फुटबल प्रतियाेगिता झापाकाे उपाधि दमकलाई « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

प्रथम खुला नकआउट फुटबल प्रतियाेगिता झापाकाे उपाधि दमकलाई


यलम्वर टाइम्स
४ कार्तिक २०८०, शनिबार १५:२१

झापा । प्रथम खुला नकआउट फुटबल प्रतियाेगिता झापा गाउँपालिकाकाे उपाधि लियाे स्पाेर्टस क्लब दमकले उचालेकाे छ ।   

सितुमारी मनाेज मित्तल प्राविकाे खेल मैदानमा भएकाे फाइनल खेलमा लियाे स्पाेर्टस क्लबले बीवाईसी चारपानेलाई २-१ गाेल अन्तरले पाखा लगाउदै उपाधि उचालेकाे हाे । दमककाे जीतमा सक्सेस राई नायक साबित बने । उनले गरेकाे २ गाेल नै जीतका लागि पर्याप्त बन्याे ।

खेल सुरू भएकाे १५ अौ मिनेटमा चारपानेका अभिषेक राजवंशीले गाेल गर्दै अग्रता दिलाएका थिए । दमकका सक्सेस राईले ४० अाै मिनेटमा गाेल गर्दै खेल १-१ काे बराबरीमा ल्याए ।

खेलकाे पहिलाे हाफमा दुवै टिमले केही मुभमेन्ट बनाए पनि थप गाेल भने हुन सकेन । निकै प्रतिस्पर्धात्मक बनेकाे फाइनल खेलकाे ८५अाैं मिनेटमा सक्सेस राईले व्यक्तिगत तथा टिमकाे लागि दाेस्राे गरेपछि जीतकाे आधार बनेकाे थियाे ।

जीतपछि दमकले मेडल र ट्रफीसहित ५१ हजार एक सय ११ रूपैयाँ पाएकाे छ भने उपविजेता बनेकाे चारपानेले ३१ हजार एक सय ११ रूपैयाँसहित मेडल, ट्रफीमा चित्त बुझायाे ।

प्रतियाेगिताकाे म्यान अफ दि म्याच चारपानेका अभिषेक राजवंशी चुनिए । त्यस्तै हाई स्काेरर दमकका सक्सेस राई बन्दा बेस्ट किपर दमककै गाैरीशंकर यादव बने ।

उनीहरूलाई क्लबका अध्यक्ष खड्कबहादुर लिम्बू, जिल्ला समन्वय समिति झापाका सदस्य जलाल अली, झापा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार यादव, सशस्त्र प्रहरी बल बीओपीका इन्सपेक्टर अर्जुनप्रसाद ढकाल लगायतले मेडल ट्रफी प्रदान गरेका थिए ।

राईजिङ फुटबल क्लब झापा गाउँपालिकाकाे आयाेजनामा भएकाे प्रतियाेगितामा ८ टिमले सहभागिता जनाएकाे सचिव दिलबहादुर लिम्बूले बताए ।

मुख्य रेफ्री युवराज बजगाईं, सहायक रेफ्रीद्वय प्रकाश नाथ काफ्ले र लक्ष्मण चाैधरीले प्रतियाेगितालाई साैहार्दपूर्ण वातावरणमा सम्पन्न गराएका थिए ।

क्लबका अध्यक्ष खड्कबहादुर लिम्बूकाे सभापतित्वमा भएकाे अाैपचारिक कार्यक्रमकाे प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष अञ्जुदेवी थपलिया रहेकी थिइन् ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष राजकुमार यादव, जनपथ प्रहरीका कुलबहादुर मगर लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन भने जयनारायण पाैडेल र मनाेज गुरूङले संयुक्त रूपमा गरेका थिए ।