दशैं बहिष्कार गर्दा कसको के बिग्रियो ? « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

दशैं बहिष्कार गर्दा कसको के बिग्रियो ?


यलम्वर टाइम्स
६ कार्तिक २०८०, सोमबार १०:३१

[लक्ष्मीप्रसाद सुब्बा]

सृष्टिकर्ता ब्रम्हाबाट देवी र महिषासुर संग्रामको वर्णन सुनेपछि चिरञ्जीवि महर्षि मार्कण्डेयले सप्तसती चण्डीको रचना गरे । त्यहाँ दैवी शक्ति प्राप्त गर्नको लागि देवीको १०८ नामको जप गर्नुपर्छ, यसो गर्नाले दैवी शक्ति आर्जन हुन्छ भनेर माता पार्वतीलाई भगवान शंकर सुनाउँछन् । अग्नीबाट प्रकट भएको महिषासुर अत्यन्तै मायावी, छली र पराक्रमी हुनाले देवराज इन्द्रलाई परास्त गरेर इन्द्राशनमा आरुड हुन्छ तब सबै देवताहरु दुःखी भए अनि दानवहरुबाट देवताहरुको कुन उपायले रक्षा होला भन्ने बारे विचार गरेर सबै देवताहरुले आफ्नो आफ्नो दैवी शक्ति एकत्र गरेरपरम सुन्दरी अति पराक्रमी देवी उत्पन्न गराएर उनलाई सम्पूर्ण शक्तिसहित विभिन्न आयुधहरु हस्तान्तरण गरेपछि महिषासुरसित युद्ध गर्दा महिषासुर उसको सम्पूर्ण सेनासहित परास्त भयो अनि देवीको हातबाट बीर गति प्राप्त गर्यो ।

यसरी एउटा युगको अन्त्य साथै अर्को युगको प्रारम्भ भएको उपलक्ष्यमा सबैले एक अर्कामा शुभकामना आदान प्रदान गर्ने भेटाघाटा गर्ने साथै मीठो खाने राम्रो लगाउने चलन चल्दै आयो अनि अर्को युगको प्रारम्भ भएको उपलक्ष्यमा अबीर यात्रा गरे । आज पनि कुनै शुभ कार्य गरेपछि भारतमा अबीरको टीको लगाउँछन् भने हामी नेपालीले अक्षताको टीको लगाउने चलन छ । पहिले–पहिले चल्ति फिर्ती नहुनाले सेतो अक्षताको टीको लगाउँथे । अहिले भने हरेक चीज सबै ठाउँमा पाइने हुनाले मन पराउनेहरुले रातो र· हालेको टीको लगाउँछन् । रातो भनेको बीरताको प्रतिक हो । साथै क्रान्तिको चिन्ह पनि हो । किनभने नेपालीहरु बीरको सन्तान भनेर विश्वले जान्दछ । यसैकारण रातो टीका लगाउँछन् । रातो भनेको सुहागको प्रतिक पनि हो, साथै हाम्रो राष्ट्रिय चिन्ह सिम्रिक पनि रातै हुन्छ । हाम्रो राष्ट्रिय गीतमा पनि भनिएको छ, ‘रातो र चन्द्र सूर्य, ज·ि निसान हाम्रो….।’ यही कुरो रुपान्तरण हुँदै आएर आज त्यो दिनको सम्झनामा विजया दशमी पर्व मनाउने चलन चलेर आयो । एक ठाउँमा गोपीलाल लिम्बूजी लेख्छन्, विजया दशमी भनेको हाम्रो राजा मारेको दिन हुनाले त्यो दिन हाम्रो लागि शोकको दिन हो र कालो दिन हो भनेर राजा मारिएको शोक मान्नु परेको हो । वहाँको भनाई अनुसार आफूलाई जन्म दिने बाबु मर्दा चार दिनमा चोखिने अनि छादुन्जेल, छेरुन्जेल आफ्नो राजा महिषासुर (रागाँ)को मासु खाने अनि सत्य युगमा मारिएको महिषासुरको आजसम्म शोक बार्ने ? अर्थात् दशैं बहिष्कार गर्ने ? दशैं बहिष्कार गर्दा कसले घुँडा टेके ? कति जनाको भनाई के छ भने यहाँ सबै कुरो हिन्दूकरण भयो । हिन्दू को हो ? कसलाई हिन्दू भनिएको हो ? स्व. गोरेबहादुर खापाङ्गीले तेरो दशैं हो भने लु तै मान न त दशैं भनेर कसलाई जिम्मा लगाएका हुन् ? उनको भनाई विचार गर्दा उनले क्षत्री–बाहुनलाई भनेका होलान् । क्षत्री, बाहुन त १६ औं शताब्दीमा भारतमा मुगल सम्राट औरङजबको अत्याचार सहन नसकेर नेपाल आएका हुन् । उनीहरुले दशैं पर्व लिएर आएनन् बरु नेपाल आएपछि यहाँका नेपालीहरुले मान्ने गरेको बडादशैं उनीहरुले पनि मान्न लागे अनि नेपालका नेपाली जो पनि भारततिरै गएर देहरादुन, आसाम, दार्जिलिङ, सिक्किम आदि ठाउँमा बसोबास गर्दै आज पनि नेपालीहरुको पर्व बडादशैं बडो धुमधामसित मनाउने गर्छन् । विधि पुर्याएर दुर्गा माताको पूजा आराधाना गर्छन् । घटस्थापनासित उमारिएको नव पल्लव (जमरा) देवीलाई अर्पण गरेर देवीको प्रसाद स्वरुप रातो टीका पहेंलो जमरा ठूला बडाले लगाइदिन्छन् । अनि दीर्घायुको आशिर्वाद दिन्छन् । यस्तै आशिर्वाद लिन र टीका लगाउन मान्यजनकोमा जाने नियम छ । खाली हात कसरी जाने भनेर गच्छे अनुसारको कोशेली लिएर जाने चलन छ । यसरी विचार गर्दा यो बडादशैं हामी नेपालीहरुको पर्व हो । श्रीपञ्चमी पछि आउने अर्को सानो दशैंलाई चैते दशैं भनिन्छ तर त्यसबेला खानेपिउने बाहेक टीका जमरा लगाइदैन । तर भारतीयहरुले भने त्यसबेला पनि नव पल्लव (जमरा) राखेर नौ दिनसम्म विधि विधान अनुसार दुर्गाको पूजा उपासना गर्छन् अनि सप्तसती चण्डी पाठ गर्छन् ।

यसो गर्नाले धानधान्य वृद्धि साथै सुस्वास्थ्यको कामना गर्छन् । तर नेपालको बारेमा भन्नुपर्दा एक ठाउँमा राजकुमार राई लेख्छन्, यो दशैं भनेको हामी नेपालीको चाड हो । एक ठाउँमा एक जनाले लेखेका छन्, दशैं भनेको मगरहरुको लागि गलपासो हो । वहाँलाई गलपासो कसले लगाईदियो ? आफ्नै इच्छाले होइन ? राजकुमार राई ज्यूले पञ्चायतले दशैंलाई हिन्दूकरण गर्यो भनेर लेख्छन् । तर, उहाँलाई यसबारे त्यति अनुभव भएनछ, पञ्चायत नीति लागू हुनअघि रैतीहरु सुब्बा, मुखियाको हातको टीको लगाउन कोसेली बोकेर जाने गर्थे तर पञ्चायत लागू भएपछि सुब्बा, मुखिया खारेज भए तब उनीहरुले अबदेखि हाम्रो केही अधिकार रहेन र अबदेखि दशैंको टीको लगाउन नआउनुभन्दा रैतीहरु दुखी भए रिसाए । यही मौकामा स्व. गोपाल गुरुङले सबै जातजातिको आफ्नो आफ्नो धर्म छ, नीति नियम छ, आफ्नो आफ्नो चाडपर्व छ भनेर सबैको कान खुबै बटारेपछि सङ्लो पानी धमिलो भयो अर्थात उनले एकतामा अनेकता ल्याए ।

मानवशास्त्री, समाजशास्त्री गोपाल गुरुङ भारतको दार्जिलिङको खर्साङ महकुमाको घुम्ती चिया बगानमा जन्मिएर नेपाल आएर पढे लेखे जान्ने भए उक्त प्रकारको काम गरेर काठमाण्डौमा मरे तर चार दिनसम्म पनि उनको लास नउठेपछि झापाको टिमाइ शिविरका गुरुङ समाजले गोपाल गुरुङको मृत देह ल्याएर टिमाइ खोलामा अन्त्येष्टि गरे । विचार गर्दा उनको काम कुराले उनकै साथीसंगी, आफन्त रिसाएर मरे मरोस् भनेर याद नगरेको बुझिन्छ । भन्थे होला बल्ल मर्यो, बाँचेको भए अझै के–के गथ्र्यो होला ! मर्यो ढुक्कै भयो । कृष्णप्रसाद भट्टराई (धरावासी) ले पनि दशैंको टीकाको खण्डन मण्डन गर्दै एक ठाउँमा लेख्छन्, घरको दैलामाथि लगाएको टीको राजालाइृ अरे । वहाँलाई के कुरो थाहा भएन छ भने अघिअघि घरको ढोका पूजा गर्ने नियम थियो । त्यो आज पनि चलेकै छ तर मै हुँ भन्नेलाई पनि त्यो परम्परा थाहा रहेनछ । त्यसै गरी घरको मूल थाममा पनि टीको चढाउने नियम छ । कतिपय निक्कै जान्दछु भन्नेहरुले एउटी आईमाईको पूजा गर्छन् भनेर खण्डन गर्छन् तर यसबाट उनीहरुको उचाई र गहिराई सजिलै थाहा हुन्छ । आमा किन पुज्य हुन ? एउटी आमा आईमाई होइन ? आमा भनेको शक्ति स्वरुपा हुनाले धरतीसित तुलना गरिन्छ । दैवी शक्ति प्राप्त गर्नको लागि उपासना गर्ने समय भनेको यही दुर्गा नवमी हो । देवीको अनन्त लीला छ । लाखौं प्रकारको लीला गर्छिन्, दुर्गा माताले । तसर्थ दशैं बहिस्कार गरेर केही फाइदा छैन । दुर्गाको भक्ति गरेमा शक्ति मिल्छ, फाइदै फाइदा छ ।

            लक्ष्मीप्रसाद सुब्बा