स्ववियु शनिश्चरेमा इशान « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

स्ववियु शनिश्चरेमा इशान


यलम्वर टाइम्स
२१ फाल्गुन २०७३, शनिबार ०५:२६

Ishanनिअर्जुन / स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनबाट शनिश्चरे बहुमुखि क्याम्पसमा नेपाल विद्यार्थी संघका इशान पौडेल चयन भएका छन् ।
क्याम्पसमा स्ववियु चुनावका लागि अन्य नेविसंघ बाहेक कुनै विद्यार्थी संगठनको उम्मेदवारी दर्ता नभएको हुँदा पौडेल सभापतिमा चयन भएका हुन् । त्यस्तै गरेर सचिवमा गंगा प्रसाई, कोषाध्यक्षमा चन्द्रकला विमली रहेका छन् भने सदस्यहरुमा उषा काफ्ले राई, कविता नेपाल र यामबहादुर खड्का रहेका छन् । समितिलाई पूर्णता दिन ५ जनालाई मनोनित गरेर लैजाने सभापति पौडेलले बताए ।