अर्जुनधारा र जापान बीच भगिनी सम्बन्ध « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

अर्जुनधारा र जापान बीच भगिनी सम्बन्ध


यलम्वर टाइम्स
२२ कार्तिक २०८०, बुधबार ०९:५४

अर्जुनधारा । अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिका बीच भगिनी सम्बन्ध विस्तार हुने भएको छ ।

बुधबार तोनो सिटीका नगर उपप्रमुख सोकी सुजुकीको नेतृत्वमा आएको जापानी टोलीलाई अर्जुनधारा नगरपालिको भव्य स्वागत गर्दै भगिनी सम्बन्ध कायम गर्न लागेको हो ।

नगरको कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा पूर्वाधार लगायतको विषयमा चासो देखाएको जापानी टोलीले अर्जुनधारा नगरपालिकाको वडा नं. ४ र ५ का विभिन्न स्थानमा गई निरीक्षण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

अर्जुनधारा नगरको भ्रमणमा उपप्रमुख सुजुकी सहित तोनो सिटी नगरका उद्योग योजना विभाग प्रमुख यासुहिको कुराउची, उद्योग, वाणिज्य तथा श्रम विभाग प्रमुख इमिको किकुची, अन्तर्राष्ट्रिय सल्लाहकार तथा उद्योग योजना विभागका तोमोनोरी किकुची, एसिया सशक्तिकरणका कानाको होसोकावा, आशिर्वाद त्रिपाठी, बिनोद बस्नेत, रुपक मल्ला ठकुरी लगायतको सहभागिता थियो ।

नगरपालिकाले नेपाली परम्परागत बाजा पञ्चेबाजासहित उनीहरुलाई भव्य स्वागत गरेको थियो भने नगर प्रमुख बलदेवसिंह गोम्देनले नेपाली टोपी, दोसल्ला र फुल प्रदान गर्दै नेपाली सद्भाव पाहुना समक्ष प्रस्तुत गरेका थिए ।

नगर प्रमुखको कार्यकक्षमा केही बेरेको जुम मिटिङ पश्चात आगन्तुक टोलीसँगै स्थलगत निरीक्षणमा निस्किएको छ ।

निरीक्षणपछि पुनः नगरपालिकामा उपस्थित हुँदै सम्झौता पत्रमा हस्ताक्षर गरिने नगर प्रमुखका प्रेस सल्लाहकार आकाश खतिवडाले यलम्वर टाइम्सलाई जानकारी दिए ।