उपप्रमुख संग्रौलाले अनावश्यक बोलेः माओवादी « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

उपप्रमुख संग्रौलाले अनावश्यक बोलेः माओवादी


यलम्वर टाइम्स
२५ कार्तिक २०८०, शनिबार ११:४६

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अमर्यदित शब्द बोलेको भन्दै आपत्ति जनाएको छ ।

बिर्तामोड नगरपालिकाका न्यायिक समिति संयोजक समेत रहेका संग्रौलाले व्यक्तिगत पूर्बाग्रह राखेर सुनियोजित ढंगले नेपाल कम्युनिष्ट पार्टी माओवादी कन्द्रका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बासहित सिंगो पार्टीलाई मिथ्या आरोप लगाएको र गाली गलौज गरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बिर्तामोडस्थित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी अध्यक्ष राजु आचार्य (अग्नि) र सचिव मोहन टुडु(सरोज)ले नगर उपप्रमुखले पदीय मर्यादा र जिम्मेवारी भुलेर माओवादी पार्टी प्रति पटक पटक पूर्वाग्राही ढंगले कपोकप्लित, भ्रामक र प्रमाणहीन अभिव्यक्ति दिएको र त्यस्ता अभिव्यक्ति नदिन भनेका छन् ।

अध्यक्ष आचार्यले उपप्रमुख संग्रौलाले अनावश्यक बोलेर पार्टीको बदनाम गर्न खोजेको हुँदा सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने बताए । केही दिन अघि पार्टी अध्यक्ष सुब्बा र बिर्तामोड नगरपालिकाका उपप्रमुख संग्रौलाबीच भएको श्रब्यदृष्य सामग्री विभिन्न सञ्चार माध्यममा सार्बजनिक भएको थियो । सो क्रममा पार्टी अध्यक्ष सुब्बा र उपप्रमुख संग्रौलाबीच भनाभन भएको सामग्री सार्वजनिक भएको थियो ।