अर्जुनधारा तोरीको लागि उर्भर थलो « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

अर्जुनधारा तोरीको लागि उर्भर थलो


यलम्वर टाइम्स
२५ कार्तिक २०८०, शनिबार १२:२१

अर्जुनधारा । अर्जुनधारा तोरी खेतीको उर्भर क्षेत्र भएको बागबानी विकास कृषि ज्ञान केन्द्र झापाका अधिकृत अंकित भट्टराईले बताएका छन् ।

स्वरोजगार भवानी साकोसले आयोजना गरेको तोरी सम्बन्धि कृषक तालिममा सहभागि कृषकहरुलाई तोरी खेतीका विषयमा जानकारी गराउँदै जलाशय र मौसम मिलेको क्षेत्र अर्जुनधारा भएको हुँदा तोरी खेतीको लागि उपयुक्त नगर भएको बताए ।

उनले तोरीमा लाग्ने रोग र उपचार साथै छर्ने विधिका विषयमा ज्ञान दिएका थिए ।

कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुलीले आयआर्जनको मूख्य थलो तोरी भएको हुँदा यसबाट लाभ लिन किसानहरुले यस्ता खाले कार्यक्रम लिनु जरुरी रहेको बताए ।

कार्यक्रमको उद्घाटन गर्दै धान पछिको महत्वपूर्ण नगदेवाली तोरी भएको हुँदा यसलाई अनशरण गर्नुपर्ने बताइन् ।

स्वरोजगार भवानी केन्द्रका अध्यक्ष केशव बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा उपस्थिति सहभागिहरुलाई सदस्य कौशिकलाल परियारले स्वागत गरेका थिए ।

कार्यक्रममा रमेश त्रिखत्री, तुलसी श्रेष्ठ, जागिरमान राई, खड्गमाया पौड्याली, टेकेन्द्र पौडेल र सञ्चारकर्मी दिपीन राई लगायतको आतिथ्य रहेको साकोसका प्रमुख रुपन चाम्लिङ राईले बताए ।