बलिहाङ उत्सवका लागि देउसी भैलो आयोजना गरिनेः यायोक्खा « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

बलिहाङ उत्सवका लागि देउसी भैलो आयोजना गरिनेः यायोक्खा


यलम्वर टाइम्स
२५ कार्तिक २०८०, शनिबार १२:३६

अर्जुनधारा । किराँत राई यायोक्खा अर्जुनधाराले शुभकामना आदानप्रदान गर्दै बलिहाङ तङनाम (देउसी भैलो) खेल्ने भएका छन् ।

मासिक २५ गते हुने सर्वपक्षिय भेलामा शुभकामना आदानप्रदान गर्दै बलिहाङ तङनामलाई उत्साहको रुपमा लानुपर्ने बताए ।

चाम्लिङ खाम्बातिमका नगर अध्यक्ष क्या. शिवकुमार राईले बलिराजाको सन्देश दिँदै गाउँघर पुग्दा तमाम् किराँतीहरु उत्साहित भएको बताए ।

यायोक्खा नगर अध्यक्ष विजय साम्पाङ राईको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खाका सल्लाहकार कुसुम राई, भरतसिंह राई, मिश्रकुमारी राई, चन्द्रकला राई लगायतले शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा सचिव सिंहबहादुर राईले बलिहाङ उत्सवका लागि यायोक्खाले २७ र २८ गते किराँत राई बन्धुहरुको घरमा देउसी भैलो लिएर आउने जानकारी दिए ।

किराँत राईको यायोक्खाको मुन्धुम पार्कमा आयोजित शुभकामना आदानप्रदानमा सांगीतिक कार्यक्रम समेत गरिएको थियो ।