फाल्गुनन्दको योगदानले किराँतीहरुको मुहार उज्यालोः गुरु आत्मानन्द « Yalambar Times
३० बैशाख २०८१, आईतवार

फाल्गुनन्दको योगदानले किराँतीहरुको मुहार उज्यालोः गुरु आत्मानन्द


यलम्वर टाइम्स
२५ कार्तिक २०८०, शनिबार १२:४४

सालबारी । किराँत एकताका दूत तथा समाजसुधारक धर्म गुरु महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्ती आज शनिबार देश भरी मनाइएको छ ।

आजै झापाको शिवसताक्षी स्थित चिल्लागढमा महागुरु फाल्गुनन्दको प्रतिमा स्थापित गरिएको छ ।

गुरुको प्रतिमाको उद्घाटन गर्दै किराँत वर्तमान गुरु आत्मानन्दले गुरु फाल्गुनन्दले देखाएको बाटोमा हामी किराँतीहरु हिंड्न सके किराँत धर्मावलम्बीहरुको भविष्य बढेर जाने बताए ।

गुरु आत्मानन्दले यो प्रदेश किराँतीहरु मिलेर बसेको प्रदेश अन्य धर्म मान्नेहरुसँग हातेमालो गरेर बसेको प्रदेश त्यसैले गुरु फाल्गुनन्दको योगदान यो ठाउँमा मात्र होइन संसारभरीको मुहार उज्यालो भएको हुँदा सम्मान गर्न आग्रह गरे ।

यसरी नै झापाको अर्जुनधारामा पनि गुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्ती मनाइएको छ । पूर्व माननीय शेरबहादुर इङनामले गुरुले छरेको उपदेश किराँत भूमिमा उपयोगी भएको बताउँदै आफ्ना धारणा राखेका थिए ।

वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, लभकुश गौतम, वीपी कोइराला, मोहन सुब्बा, फिपराज कुरुङबाङ भीम, भीमा लिम्बू लगायतले गुरुका विषयमा बोलेका थिए ।

यसरी नै खुदुनाबारीको फाल्गुनन्द वन बाटिकामा पनि किरात धर्मका प्रवद्र्धक महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइएको छ ।

यसरी नै गोल्धापमा पनि विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरी गुरुको जन्मजयन्ती मनाइएको छ ।