जनमुक्तिद्वारा संघीयता विरुद्ध कार्यक्रम नगर्न चेतावनी « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

जनमुक्तिद्वारा संघीयता विरुद्ध कार्यक्रम नगर्न चेतावनी


यलम्वर टाइम्स
६ मंसिर २०८०, बुधबार ११:०१

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टी सहित ७ घटकले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा कुनै पनि कार्यक्रम नगर्न चेतावनी दिएको छ ।

मंसीर ७ गते काठमाण्डौमा दुर्गा प्रसाईले आव्हान गरेको कार्यक्रम र त्यसको विरुद्धमा एमाले जनवर्गीय संगठन युवा संघले आव्हान गरेको कार्यक्रम प्रति लक्षित गर्दै पार्टीले मंगलबार विज्ञप्ती जारी गर्दै कार्यक्रम नगर्न खबरदारी गर्दै चेतावनी दिएको हो ।

‘संविधान प्रदत्त संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा मंसीर ७ गते काठमाण्डौमा दुर्गा प्रसाईद्वारा आव्हान गरिएको कार्यक्रम अत्यन्तै निन्दनीय र आपत्तिजनक छ’ पार्टी अध्यक्ष केपी पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘साथै दुर्गा प्रसाईको कार्यक्रमको विरुद्धमा नेकपा एमालेका जनसंगठनले आव्हान गरेको कार्यक्रम समेत प्रतिगामी छ । त्यसैले आम नेपाली नागरिकहरु संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा रहनका लागि हार्दिक आव्हान गर्दछौं ।’