तपाईको यो साता (२०८० मंसीर ०९ गते शनिबार) « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

तपाईको यो साता (२०८० मंसीर ०९ गते शनिबार)


यलम्वर टाइम्स
९ मंसिर २०८०, शनिबार ०१:४१

मेषः यो साता मीन राशि को समय शुभ रहेको छ । गुरु भाग्येष भई केन्द्रमा छन् । अतः विद्या क्षेत्रमा उन्नति, ज्ञानमा वृद्धि हुनेछ । घरमा धार्मिक कार्यको योग रहेको छ । स्वास्थ्यमा सावधान रहनु होला । शुभ रंग सेतो र रातो, अंक १ ।

वृषः समय मध्यम रहेको छ । मनमा चिन्ता, आर्थिक कठिनाई हुनेछ भने स्वास्थ्यमा पनि विचार गर्नुहोला । अढैया शनि चलिरहेका कारण शनिदेवको पूजा गर्नुहोस् । धन लाभ, सत्रु पराजय, व्यपारमा वृद्धि हुनेछन् । शुभ रंग सेतो र अंक २, ७ ।

मिथुनः समय राम्रो छ । निर्माण कार्यमा सफलता प्राप्ति । पदोन्नति, सत्रु पराजय, मानसम्मानमा वृद्धि हुनेछ । चोटपटक लाग्न सक्छ सावधान रहनुहोला । आफन्तबाट बचेर काम गर्नुहोला, धोका पाउने योग छ । शुभ रंग हरियो र अंक ३ ।

कर्कटः समय अत्यन्त राम्रो छ । आम्दानी बढ्ने छ भने लोकमा ख्याति बढ्ने बेला छ । आफ्नो विद्याको प्रभावले यश कृति बढ्नेछ । विश्वासको पात्र बन्नु हुनेछ । नयाँ ठाउँको यात्रा गर्नुपर्ने देखिन्छ । मन प्रसन्न रहनेछ । शुभ रंग सेतो, पहेलो र अंक ९, ४ ।

सिंहः समय शुभ रहेको छ । मनोकामना पूर्ण हुने समय छ । धन लाभ, व्यापार वृद्धि हुनेछ । सोमबारदेखि ग्रहगोचर परिवर्तन हुँदैछन् । ठूलठूला योजनाका कार्यहरु हुनेछन् । मित्रहरुको साथ सहयोग प्राप्त हुनेछ । शुभ रंग रातो र अंक ५, ९ ।

कन्याः समय शुभ छ । धन लाभ, शुभ कार्यको थालनी हुनुका साथै सत्रु पराजय हुनेछन् । घरमा मांगलिक कार्य हुनेछ । पठनपाठनमा रुचि बढ्नेछ । व्यापारमा लगानी गरे शुभ छ । घरमा नयाँ सदस्यको आगमन सम्भव छ । शुभ रंग हरियो र अंक ६, ३ ।

तुलाः समय मध्यम रहेको छ । आम्दानी मनग्ये हुनेछ । शुक्र राशीको स्वामी हो । लाभ स्थानमा चलिरहेको छ । धन लाभ हुनेछ । सवारी साधनबाट पनि लाभ प्राप्ति हुनेछ । बैदेशिक रोजगारबाट पनि लाभ हुनेछ । शुभ रंग सेतो र अंक ७ ।

वृश्चिकः समय एकदम राम्रो छ । व्यापार वृद्धि, धन लाभ, सत्रु पराजय हुनेछन् । नयाँ व्यापारको सिलसिलामा यात्रा गर्नुपर्ने देखिन्छ । मंगल बलवान छन्, अतः योजनात्मक कार्य सफल छ । ठेक्कापट्टा, ग्रिल, आदिको कारोबार राम्रो छ । शुभ रंग रातो र अंक ८ ।

धनुः समय शुभ छ । गुरु योग कारक भई केन्द्र भावमा स्थित छन् । अतः तपाईको शुभ समय आएको छ । लगानी गरे सफलता प्राप्ति हुनेछ । विद्या क्षेत्रमा उन्नति छ । धन लाभ, यश वृद्धि, सत्रु पराजय हुनेछन् । कार्य सिद्धीको योग छ । शुभ रंग पहेलो, रातो र अंक १ ।

मकरः शुभ समय छ । शनि देवको कृपा प्राप्त भई व्यापार उन्नतिमा जानेछ । फलाम, ग्रिल, फ्याक्ट्रि आदिको कार्य राम्रो चल्ने छ । धन लाभ, यश लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ । वाहन लाभको योग छ । शुभ रंग कालो र अंक ७ ।

कुम्भः समय राम्रो छ । व्यापार वृद्धि, सत्रु पराजय हुनेछन् । यात्रा सफल बन्ने छ । न्यायलय सम्बन्धि पुराना कार्य बन्नेछ । झगडा, विवादबाट टाढा रहनुहोला । जमिन जायजेथा जोड्ने, घर बनाउने जस्ता शुभ कार्य हुनेछन् । शुभ रंग कालो, निलो र अंक १, ९ ।

मीनः समय प्रतिकुल रहनेछ । स्वास्थ्यमा सावधान रहनुहोला । राशी स्वामी सत्रु गृहमा गई बसेका छन्, अतः मनमा अशान्ति, क्रोध बढ्नेछ । शनिको आधा साढेंसाति दशा पनि चलिरहेको छ । लगानी कम गर्नुहोस् । सत्रुबाट सावधान रहनुहोस् । शुभ रंग कालो र अंक ११ ।