जलेश्वरधाममा मंसीर १७ बाट श्रीमद् देवी भागवत पुराण, रामदेवका चेला बालकृष्ण अर्जुनधारा आउने « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

जलेश्वरधाममा मंसीर १७ बाट श्रीमद् देवी भागवत पुराण, रामदेवका चेला बालकृष्ण अर्जुनधारा आउने


यलम्वर टाइम्स
९ मंसिर २०८०, शनिबार ०१:५५

अर्जुनधारा । अर्जुनधारा जलेश्वर धाममा रामदेवका चेला योगाचार्य बालकृष्ण आचार्य आउने भएका छन् ।

मंसीर १७ गतेबाट धाममा हुने श्रीमद्देवी भागवत पुराण सुरु हुने र पुराण चलिरहेकै बेला मंसीर २३ गते पताञ्जली योगका अगुवा तथा आयुर्वेदिक ज्ञाता बालकृष्ण आउने भएको धामले जनाएको छ ।

योगाचार्यले पुराणभरी आयोजना हुने पताञ्जली योगमा सहभागीहरुलाई प्रवचन दिने र योगका विषयमा वैज्ञानिक धारणा राख्ने भएको कुरा धामले जनाएको छ ।

२४ गते धाम परिषरमा रहेको खडेबाबाको प्रतिमा अनावरण गर्ने भएका छन् । आचार्यको भव्य स्वागतका लागि पूर्व मुख्यमन्त्री उद्धव थापाको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा नगर प्रमुख बलदेवसिंह गोम्देन, सदस्यहरुमा धामका अध्यक्ष नविन गट्टानी, वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा लगायत रहेका छन् ।

भक्तिमय संगीतका साथ हुने पुराणको प्रमुख वाचक बालकृष्ण अर्याल, उपवाचकमा चिरञ्जीवि ढुंगाना रहेका छन् । पुराणलाई भव्य रुपमा सम्पन्न गर्न धामले विभिन्न उपसमिति गठन गरेको छ । यज्ञ व्यवस्थापनको संयोजकमा आचार्य हेमन्त भण्डारी, मेला संयोजकमा शिवलाल खतिवडा, बजार व्यवस्थापन बेनुप्रसाद शिवाकोटी, शान्ति सुरक्षा व्यवस्थापनमा दीपक तामाङ, खाद्यमा चित्रसेन भण्डारी, कृष्ण भट्टराई र भक्तबहादुर बस्नेत रहेका छन् ।

त्यस्तै पूजा व्यवस्थापनमा चन्द्रकला भण्डारी, आर्थिक व्यवस्थापनमा मनोज जोशी, गंगा आरतीमा अग्नी सिग्देल, स्टोरमा श्याम घिमिरे, प्रचारप्रसारमा रमेश त्रिखत्र, लक्ष्यबत्तीमा सुशिला सुवेदी, मण्डप व्यवस्थापनमा रमा चापागाई, राधा बुढाथोकी, मनोरथ शिवाकोटी, उद्घोषकमा अम्बिका खतिवडा, भानु शिवाकोटी, सांस्कृतिक कार्यक्रममा कृष्ण पौडेल, यातायातमा भीमचन्द भट्टराई, धानधान्याञ्तलमा छविलाल शिवाकोटी रहेका छन् ।

धाम अध्यक्ष नविन गट्टानीको सभापतित्वमा सम्पन्न मंसीर ५ गतेको बैठकले भुपेन्द्र शिवाकोटी, मिलन बस्नेत, उत्सव ढकाल र सन्दीप गट्टानीलाई धाम समितिको सदस्यमा मनोनयन गरिएको छ । पूर्वको पवित्र जलेश्वर धाम भनेर कहलिए पनि समिति निर्माणमा असमावेशी भएको एक सदस्यले प्रतिक्रिया दिएका छन् ।