सशस्त्र प्रहरी बल शनिश्चरेद्वारा अवैद्य रुपमा ल्याउँदै गरेको माछा नष्ट « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

सशस्त्र प्रहरी बल शनिश्चरेद्वारा अवैद्य रुपमा ल्याउँदै गरेको माछा नष्ट


यलम्वर टाइम्स
१० मंसिर २०८०, आईतवार ०६:४३

अर्जुनधारा । भारतबाट भन्सार छली अवैद्य रुपमा ल्याउँदै गरेको करिब १२० केजी माछा नष्ट गरिएको छ ।

गत बिहीबार साँझ ७ बजे भारतबाट रहुँ जातको माछा ल्याउँदै गरेको अवस्थामा मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीमा सशस्त्र प्रहरी बल शनिश्चरेले नियन्त्रणमा लिइ नष्ट गरेको हो ।

नष्ट गरिएको माछाको बजार मूल्य करिब रु ४८ हजार हुने जनाइएको छ ।

पशु क्वारेन्टाइनका प्रतिनिधि, जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय बुद्धिजीविको उपस्थितिमा माछा नष्ट गरेको बेस क्याम्पले जनाएको छ ।