शनिश्चरे बहुमुखी क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

शनिश्चरे बहुमुखी क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता


यलम्वर टाइम्स
१० मंसिर २०८०, आईतवार ०९:१४

अर्जुनधारा । शनिश्चरे बहुमुखी क्याम्पसको ९ औं साधारणसभा तथा अधिवेशनबाट हेमराज खरेल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित भएपछि खरेलले सबैसँग हातेमालो गर्दै क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गरेर अगाडि बढ्ने प्रतिवद्धता दिएका थिए ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा लोकनाथ गौतम रहेका छन् । यस्तै समितिको सदस्यहरुमा प्रेमसागर सापकोटा, शेखरनाथ अधिकारी, लभकुश गिरी, मोहनलाल पौडेल, लीला राई थापा, बिन्दु थापा खड्का निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यमा महेश ढकाल, गीताकुमारी राई, दिपीन राई, लोकमान श्रेष्ठ, पुण्य सुवेदी, गोविन्द खतिवडा, अगप्रसाद बराल, तेजस्वी पौडेल, मोहनप्रसाद ओली, विशाल थापा रहेका छन् ।
क्याम्पसको आन्तरिक लेखा समितिमा संयोजक कृष्णप्रसाद पौडेल, सदस्यहरुमा एकदेव खनाल, विजेन्द्रकुमार एक्तेन, हेमन्त चौधरी रहेका छन् ।

क्याम्पस अध्यक्ष सरोज ओलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय मामिला मन्त्री बीरबहादुर लिम्बू रहेका थिए ।

कार्यक्रममा पूर्व मन्त्रीद्वय केशवकुमार बुढाथोकी, सरीता प्रसाई, स्थानीय शिक्षा प्रेमी, बुद्धिजीवि लगायतको सहभागिता रहेको थियो ।