वैज्ञानिक कृषि प्रणालीको विकास गर्न सके युवा शक्ति पलायन नहुने « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

वैज्ञानिक कृषि प्रणालीको विकास गर्न सके युवा शक्ति पलायन नहुने


यलम्वर टाइम्स
१९ मंसिर २०८०, मंगलवार १०:३६

अर्जुनधारा । वैज्ञानिक कृषि प्रणाली राज्यले अख्तियार नगरे युवा शक्ति अझ पलायन हुने श्रद्धा कृषि सहकारीको १५ औं सभामा चर्चा उठेको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्जुनधारा वडा नं. ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले यस्ता कृषि सहकारीले राज्यलाई समूहगत वैज्ञानिक कृषि प्रणालीमा जान दबाब दिनुपर्ने बताए ।

उनले आफ्नो वडामा युवा शक्तिलाई कृषि प्रणालीमा जाने रणनीति बनाउने बताउँदै कृषिको हरेक क्षेत्रमा शनिश्चरे बजार केन्द्रीत पारेर बिक्रीवितरण गर्न सके अर्जुनधारा नगर नमूना हुने बताए ।

सभामा सहकारी संघ झापाका सदस्य पुष्पा उप्रेतीले कृषि बिना जीवन अधुरो रहने बताउँदै कृषिलाई आत्मा निर्भरताको बाटोमा लैजान श्रद्धा कृषि सहकारी मात्र होइन अरु कृषि सहकारी उत्तिकै लाग्नुपर्ने बताए ।

कालिकापीठ सहकारीका अध्यक्ष कर्ण तामाङले बैंकमा पहँुच नपुगेका अपहेलित नेपाली जनता सहकारीको माध्यमबाट आफ्नो जीवन उकास्दै आएको स्मरण गराउँदै शेयर सदस्य चनाखो हुनुपर्ने बताए ।

संस्थाका कार्यवाहक अध्यक्ष छविलाल शिवाकोटीले अध्यक्षको प्रतिवेदन पेश गर्दै नीति र विधिमा संस्थालाई अगाडि लान सके श्रद्धाको प्रगति हुने बताए ।

१५ औं सभामा संस्थापक अध्यक्ष प्रेमसागर सापकोटा, वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, प्रगति माविका अध्यक्ष कमल गुरागाईं, पूर्व वडाध्यक्ष भैरव खड्का, ऋद्धिसिद्धीका चन्द्रकला राई, नगरका बोर्ड सदस्य नरेन्द्र राई लगायतको आतिथ्य रहेको थियो । सभाले आर्थिक प्रतिवेदन पेशसँगै नयाँ कार्य समिति चयन गर्नेछ ।