तपाईको यो साता (२३ मंसीर २०८० शनिबार) « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

तपाईको यो साता (२३ मंसीर २०८० शनिबार)


यलम्वर टाइम्स
२३ मंसिर २०८०, शनिबार ००:४८

मेषः समय शुभ रहेको छ । धन लाभ, कार्य सिद्धी, स्वास्थ्य लाभ, आफन्तजनको सहयोग, मित्रहरुको साथ रहनेछ । यात्रा शुभ रहेको छ । पूर्वतिरको यात्रा हुनेछ । सोमबारदेखि ग्रह परिवर्तन हुँदा आर्थिक लाभ हुनेछ । शुभ रंग रातो, अंक १ ।

वृषः समय मध्यम रहेको छ । मिहेनत गरी धनको लाभ हुनेछ । परिश्रम गरी उन्नति होला । मित्रहरुबाट सहयोग प्राप्त हुनेछ । गृहस्थमा भने अलिक खटपट झगडा हुने सम्भावना छ । भूमि र अन्नको व्यापार शुभ छ । शुभ रंग सेतो, पहेलो र अंक ७ ।

मिथुनः शुभ समय छ । मनमा प्रसन्नता, यात्रा शुभ, तीर्थ यात्रा भ्रमण हुनेछ । टाढाको यात्रा गर्नुपर्ने देखिन्छ । नयाँ निर्माण कार्य सफल छ । आर्थिक लाभ हुनेछ । पैत्रिक सम्पत्ति प्राप्त हुने समय छ । शुभ रंग हरियो, पहेलो र अंक ३ ।

कर्कटः समय त्यति राम्रो छैन । शनि हावी छन् । अढैया दशाका कारण आफन्तजनहरु टाडिने छन् । ग्रहदशा ठीक छैन । राम्रो बोल्दा नराम्रो प्रतिक्रिया दिने छन् । पारिवारिक कहलका कारण तनाव हुनेछ । शुभ रंग सेतो, रातो र अंक ९, ४ ।

सिंहः यो हप्ता सिंह राशीको भाग्योदय हुने योग छ । कार्य सफल, आम्दानीमा वृद्धि, स्वास्थ्य लाभ, तरल पदार्थको व्यापार शुभ छ । सरकारी जागिरेहरुको पदोन्नति हुनेछ । मानसम्मान वृद्धि हुनेछ । शुभ रंग रातो, कालो र अंक ५ ।

कन्याः समय शुभ छ । निर्माण कार्य सफल, नयाँ स्थानमा बसोबास हुनेछ । मन प्रसन्न रहनेछ । मित्रहरुको साथ सहयोग प्राप्त होला । विद्या क्षेत्रमा सफलता । नयाँ स्थानको भ्रमण यात्रा गर्नुपर्ने छ । शुभ रंग हरियो, निलो र अंक ६ ।

तुलाः ग्रहको परिवर्तनले तुला राशीको समय एकदम राम्रो छ । शुक्र राशी स्वामी शुभ चलिरहेकाले भाग्योदय हुनेछ । कार्य सफलता, कर्मचारी अधिकारीहरुको सहयोग प्राप्त हेनछ । नयाँ उपभोग्य वस्तु कपडा आदिको व्यापारहरु शुभ छ । शुभ रंग सेतो, कालो र अंक ३, ७ ।

वृश्चिकः यो साता वृश्चिक राशीलाई समय शुभ रहेको छ । मंगल राशी स्वामी शुभकारक भई केन्द्र स्थानमा भएका कारण र मूल त्रिकोणका ग्रह शुभ भएका कारण कार्य सफलताको योग छ । निर्माण कार्य पूरा हुनेछन् । शुभ रंग रातो, गुलाबी र अंक ८, २ ।

धनुः यस राशीका व्यक्तिलाई यो साता अत्यन्तै राम्रो छ । वैदेशिक रोजगारमा जानेहरुका लागि समय राम्रो छ । मित्रहरुको सहयोगमा कार्य बन्नेछन् । ठूलाठूला योजना कार्यहरु सम्पन्न हुने छन् । यात्रा सफल हुनेछ । शुभ रंग पहेलो, सेतो र अंक ९ ।

मकरः समय बलवान छ । कार्य योजना सफल, अचल सम्पत्ति भूमी, तेल, काठ आदिको व्यापारमा लाभ रहेको छ । राशीमा अन्त्य साढे साति चले पनि शनि लाभेष छन् । धन लाभ प्रतिष्ठामा वृद्धि, यात्रा सफल रहेको छ । तीर्थयात्रा सम्भव छ । शुभ रंग कालो र अंक ७ ।

कुम्भः समय एकदमै शुभ रहेको छ । कालो वस्तुको व्यापार कोइला, टायर, फलाम, मोटरपार्टसको कारोबार शुभ रहेको छ । पदोन्नति, मानसम्मानमा वृद्धि, पराक्रममा वृद्धि हुनेछ । गुप्त सत्रुले फसाउने षडयन्त्र गर्ने छन् । शुभ रंग ध्वासे, कालो, निलो र अंक ११ ।

मीनः मध्यम समय रहेको छ । आम्दानीमा कमी हुनेछ । खर्च बड्ने छ । विद्या प्राप्ति हुनेछ । आफन्तजनको भेटघाटले मन प्रसन्न हुनेछ । तीर्थ यात्राको पनि योग छ । ऋण नलिनु होला, ठूलो लगानी गरेर कार्य नगर्नु होला । शुभ रंग पहेलो, सेतो र अंक ९, २ ।