अर्जुनधारा जलेश्वरधाम योगमय बन्दै « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अर्जुनधारा जलेश्वरधाम योगमय बन्दै


यलम्वर टाइम्स
२३ मंसिर २०८०, शनिबार ०१:३६

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधाम यति बेला योगमय बनेको छ ।

धामले धार्मिक अनुष्ठानसँगै बिहानीपखको समयमा योग शिवर सञ्चालन गरेपछि योगमय बनेको हो ।

बालाचतुर्दशीको अवसरमा धाममा ४१ औं वार्षिक अनुष्ठानको रुपमा श्रीमद् देवी भागवत महापुराण हुँदै आइरहेको छ ।

धामका कोषाध्यक्ष मनोज जोशीले यति बेला कथा श्रवणसँगै योगा गर्नेहरुको संख्या पनि बढ्दै गएको बताए ।

उनका अनुसार २४ गते आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको उपस्थिति रहने छ भने उनको स्वागतमा धामले भव्य कार्यक्रम गर्ने भएको छ ।

आचार्य बालकृष्णले योगाबाट हुने फाइदा र आयुर्वेदिक औषधिका विषयमा प्रवचन दिने भएका छन् ।

मंसीर १९ गतेबाट सञ्चालन भएको योग प्रशिक्षण २४ गतेसम्म सञ्चालन हुनेछ ।

पतञ्जली योगपीठका प्रशिक्षकहरुबाट दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म योग प्रशिक्षण हुँदै आएको धामका महासचिव छविलाल खतिवडाले यलम्वर टाइम्सलाई जानकारी दिए ।