युवा शक्ति रोक्न नयाँ एजेण्डा आवश्यक « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

युवा शक्ति रोक्न नयाँ एजेण्डा आवश्यक


यलम्वर टाइम्स
२ पुष २०८०, सोमबार ०८:३२

नेपाल आर्थिक रुपमा कमजोर छ र नेपालीहरु वैदेशिक रोजगारमा गएका हुन् भन्ने आम मान्यता नेपालीहरुमा पर्दै गएको छ । हुन पनि सत्ताधारी जो कोही भए पनि रोजगारमुखी कार्यक्रम र आत्मानिर्भरताको बाटो स्वदेशमा बन्न नसक्दा विदेशीनु बाहेक अरु केही रहेन । त्यसैले नेपालको आर्थिक अवस्थामा रेमिटेन्सले धानेको वा सहयोग पुगेको देखिन्छ । यस्तो अवस्था यही तरिकाले आर्थिक दौडिने हो भने सक्षम युवाहरु स्वदेशमा रहन नसक्ने दिन आएको छ ।

यस्तो अवस्था सधै आउन दिने हो त ? होइन भने मौद्रिक नीति अनुसार केही निजी संघसंस्था र सहकारीहरुले नयाँ नीति अपनाएर स्वदेशमा नै उत्पादन र रोजगारको नीति अपनाउन सक्छ । जहाँ सरकार असफल हुन्छ, त्यहाँ सहकारी र संघसंस्थाहरुले नयाँ नीतिबाट अगाडि बढेको प्रशस्त उदाहरणहरु छन् । सहकारीकै हकमा कुरा गर्ने हो भने जसले सहकारीबाट ऋण लिएर विदेशमा आयआर्जन गर्न जान्छन भने उसले कमाएको २० प्रतिशत त्यही सहकारीमा जम्मा गर्दै उ फर्केर आउँदा सहकारीको नीति निर्माण गर्ने र केही उत्पादन तथा उद्योगमा हात हालौं भन्ने सोच पलाएर आउँछ र उसले केही काम गर्न सक्छ ।

यस्तो कार्य सक्भर सरकारले गर्नुपर्ने हो । त्यसो हुँदा स्वदेश फर्केर आउँदा लाखौं नेपालीहरुले जम्मा गरेको २० प्रतिशत रकमले नेपालमा ठूलो उद्योग कलकारखाना सञ्चालन गरेर स्वदेशमा नै उद्योगपति भई दीगो आयआर्जनमा ध्यान जाने र मुलुकबासीलाई फाइदा हुने देखिन्छ । यस कार्यमा स्थानीय, प्रदेश हुँदै संघीय सरकारले सोच्न आवश्यक छ । तब मात्र स्वदेशमा युवा शक्ति अडिन्छ र मुलुकले नयाँ आर्थिक बाटो लिनेछ । त्यसतर्फ सोच्यौं त ?