शहीद धिरेन चेम्जोङ स्मृति प्रतिष्ठानको अध्यक्षमा लावती « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

शहीद धिरेन चेम्जोङ स्मृति प्रतिष्ठानको अध्यक्षमा लावती


यलम्वर टाइम्स
३ पुष २०८०, मंगलवार १२:१६

चुलाचुली । गणतान्त्रिक शहीद धिरेन चेम्जोङ शहीद स्मृति प्रतिष्ठानको अध्यक्ष हर्कबहादूर लावती चयन भएका छन् ।

जनयुद्धको सुदूरपूर्व कमान्ड धिरेन चेम्जोङ शहीद स्मृति प्रतिष्ठानको बैठकबाट नयाँ कार्यसमिति चयन भएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पूर्व प्रदेश सभा सदस्य तथा इलाम इञ्चार्ज कूलप्रसाद साम्बाको कुशलको प्रमुख आतिथ्यमा प्रतिष्ठानको समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा गजेन्द्र सुनुवार, सचिव न्युसन राई, सहसचिवमा प्रेरणा राई र कोषअध्यक्षमा हरिमाया चेम्जोङ चयन भएका छन् ।

प्रतिष्ठानको सदस्यमा कृष्ण अधिकारी, दिलु फागो, दिलकुमार आङ्देम्बे, नरेन्द्र राई, मानबहादुर रोक्का, सरु कुरुङ्बाङ, लालबहादुर कार्की र खम्बासिंह कार्की चयन भएका छन् ।