शिक्षा नीति दुई खालको भए लाभ हुनेः सांसद पाठक « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

शिक्षा नीति दुई खालको भए लाभ हुनेः सांसद पाठक


यलम्वर टाइम्स
१६ पुष २०८०, सोमबार ०७:११

अर्जुनधारा । झापा क्षेत्र नं. २ प्रदेश ‘ख’ का सांसद चिन्तन पाठकले नेपालमा दुई खाले शिक्षा नीति लागू गर्नुपर्ने बताएका छन् ।

नेपालमा अध्ययन गराउँदै गरेको परम्परागत शिक्षाले विदेश पलायन हुन बाहेक अर्को विकल्प नरहेको हुँदा अब स्वदेशमै सेवा गर्ने शिक्षा नीति र अन्तर्राष्ट्रिय क्षेत्रमा गएर काम गर्ने शिक्षा नीति अपनाउनुपर्ने बताएका हुन् ।

शनिश्चरे बहुमुखी क्याम्पसको एक भेलामा प्रदेश सांसद पाठकले हामीले उत्पादन गरेको विज्ञहरु बेरोजगार भएकै कारण बाहिर पलायन हुनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने र स्थानीय शिक्षा शाखाले गरेको क्रियाकलापको अन्त्य हुनुपर्ने बताए ।

उनले शनिश्चरे बहुमुखी क्याम्पसमा आवद्ध सञ्चालक समितिको ध्यानाकर्षण गर्दै शिक्षाका हरेक गतिविधिमा ध्यान पुर्याउन र जनताले चाहेको क्याम्पस बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा पाठकले प्रदेश सरकारसँग पेश गरेका कागजपत्रमाथि गम्भीर रुपमा लागि सहयोग गर्ने वचन दिएका थिए । क्याम्पस अध्यक्ष हेमराज खरेलको सभापतित्वमा भएको भेलामा पूर्व प्रशासकीय अधिकृत तथा क्याम्पस समितिका सदस्य गीताकुमारी राई, प्रेमसागर सापकोटा, पुण्य सुवेदी, लोकमान श्रेष्ठ, शेखर अधिकारी, लभकुश गिरी, सञ्चाकर्मी दिपीन राई, स्ववियु सभापति विशाल थापा, अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती लगायतले क्याम्पसका विषयमा चासो र जिज्ञासा राखेका थिए ।

सोही दिन क्याम्पस सञ्चालन समितिको बैठक बसी क्याम्पसलाई उन्नतिको बाटोमा लैजानका लागि बहस गरिएको थियो ।