किसानहरुसँग छलफलमा जुट्दै नगर बहुउद्देश्यीय सहकारी « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

किसानहरुसँग छलफलमा जुट्दै नगर बहुउद्देश्यीय सहकारी


यलम्वर टाइम्स
१८ पुष २०८०, बुधबार १०:२४

अर्जुनधारा । नगर क्षेत्रका किसानहरुको हत हितका लागि स्थापित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले वडा र टोलमा पुगेर संस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले छलफल अगाडि बढाएको छ ।

बिगत तीन वर्षअघिबाट नगरमा रहेर धान, मकै, दूध लगायतका क्षेत्रमा काम गर्दै आएको यस संस्थाले छोटो अवधिमा किसानको मनलाई केन्द्रित गर्न खोजिरहेको बेला अझ नगरका किसानहरुको घरआँगनमा पुगेर अरु कस्ता कस्ता काम गर्न सकिन्छ भन्ने विषयलाई लिएर पुष १४ गतेबाट छलफलमा जुटेको हो ।

बुधबार अर्जुनधारा ५ स्थित पुरानो वडा कार्यालय दुर्गा मन्दिरमा संस्था अध्यक्ष प्रत्युष रानाले किसानलाई आत्मानिर्भर मात्र होइन ंदीगो विकास र आयस्रोतको उच्चतम् बाटो निर्माणमा नगर विकास सहकारी अगाडि आएको बताएका छन् । उनले बहुउद्देश्यीय सहकारीले दोस्रो साधारणसभासम्म आएको विवरण उपस्थित शेयर सदस्यहरुमा प्रस्तुत गरेका थिए ।

यसैगरी बुधबार नै अर्जुनधारा–४ र ७ को लागि उपाध्यक्ष छत्र पौडेलले अर्जुनधारा नगर किसानहरुको नगर भएको हुँदा किसानसम्म संस्था आएको बताए । उपाध्यक्ष पौडेलले पनि नगर विकास बहुउद्देश्यीय सहकारीले गरेका विवरणहरुण पेश गरेका थिए ।

कार्यक्रममा लेखा समितिका सदस्य पुनम सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने महालेखा परीक्षणको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

नवयुवा क्लबको सभाहलमा आयोजना भएको बहुउद्देश्यीय सहकारीको लक्ष्यमा पुग्न थुप्रै काम बाँकी रहेको बहस चलेको थियो । कार्यक्रममा सञ्चाकर्मी तथा शेयर सदस्य दिपीन राईले कोदो, तोरीबाट उत्पादित खाद्य पदार्थलाई ब्राण्डिङ गरेर शहरमुखी बनाउनुपर्ने सुझाव दिएका थिए ।

वडा नं. ४ का वडाध्यक्ष अम्मर कटुवालले जनताका धेरै काम नगर र वडाले गर्न बाँकी नै छ विशेष गरी नगरका किसानहरुका हितका लागि नगर बहुउद्देश्यीय सहकारी कोशेढुंगो भएर उदाएको बताए ।

अन्तरक्रियामा समाजसेवी खगेन्द्र सुब्बा, युवराज पौडेल, कविन्द्र निरौला, बेदप्रकाश घिमिरे लगायतले विभिन्न सुझाव राखेका थिए ।

छलफलपछि वडा नं. ७ को एक कार्यसमिति गठन गरिएको थियो भने समितिको अध्यक्षमा देवेन्द्र मैनाली, उपाध्यक्षमा देवीमाया तिम्सिना, सदस्यहरुमा युवराज पौडेल, कमला बराल, देवका न्यौपाने, युवराज भट्टराई, कमल निरौला चुनिएका छन् भने प्रतिनिधिमा दिपेन्द्रकुमार राई, धरादेवी पौडेल, तारानिधी भट्टराई, प्रेमकुमारी पौडेल, प्रेम निरौला, देवीमाया तिम्सिना, युवराज पौडेल, राजेन्द्र निरौला र देवेन्द्र मैनाली रहेका छन् ।

यसरी नै वडा नं. ४ मा अध्यक्षमा सीता बस्नेत, उपाध्यक्षमा कोशी राई, सदस्यमा केदार खड्का, खगेन्द्र सुब्बा, कुमारी सापकोटा, मानकुमार काफ्ले, बेदप्रकाश घिमिरे रहेका छन् ।

त्यस्तै प्रतिनिधिमा एकदेव खनाल, केदार कार्की, जमुना थपलिया, आशा राई, सुरबीर राउत, उमानाथ हुमागाई, भक्तबहादुर कार्की रहेका छन् ।

सीता बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ७ का सदस्य पार्वता भट्टराई, खेमबहादुर काफ्ले, चिरञ्जीवि शिवाकोटी लगायतको सहभागिता रहेको सञ्चालक देवेन्द्र मैनालीले बताए ।