किसानको सारथी बनोस् अर्जुनधारा नगर विकास सहकारी « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

किसानको सारथी बनोस् अर्जुनधारा नगर विकास सहकारी


यलम्वर टाइम्स
२२ पुष २०८०, आईतवार ०६:०६

हाम्रा अगाडि थुप्रै सहकारी संघसंस्था जन्मेर चलायमान भएका छन् । धेरै सहकारीले आफ्नो तरिकाबाट शेयर सदस्यहरुलाई सन्तुष्ट प्रदान गरेको पनि पाइन्छ । कति सहकारी कृषि, बहुउद्देश्यीय जस्ता पनि सञ्चालनमा आएका छन् । तर, प्रत्यक्ष किसानका घरआँगनमा पुगेर काम गरेको भने कमै पाइन्छ । ती सहकारीले कृषिका नाममा तोरी, अदुवा, जडीबुटी, बेसार, धान आदि रोपेर विधि अनुसार चलेका होलान् । तर, कृषकहरुले कति लाभांस प्राप्त गरे होला त्यसमा भने कृषकहरु अनविज्ञ भएको पाइन्छ ।

यस्ता अनविज्ञतालाई तोडेर गाउँ, टोलमा र वडामा पुगेर छलफलसँगै कृषकका आवश्यकता के–के हुन् ? कसरी नगरका किसानहरु आर्थिक रुपले अगाडि बढ्न सक्छन् भन्ने चिन्ताको विषय चलिरहँदा अर्जुनधाराबाट सञ्चालित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नगरका किसानहरुको सारथी बन्न सक्नुपर्छ । यो संस्थामा शहरकाभन्दा गाउँका मानिसहरु बढी शेयर सदस्य बनेका छन् । टोल–टोलमा यसले गरेको गरेको सन्देश सकरात्मक देखिन्छ । त्यसैले पनि यो संस्था कृषकका लागि दर्बीलो सहकारी हुन जरुरी छ ।

किसानहरु विशेष गरी सिजनमा लगाइने अन्नलाई आवश्यक सामग्रीको खाँचो हुन जान्छ । त्यसलाई सहयोग र प्रवद्र्धन गर्न सक्नुपर्दछ । कृषकका लागि आवश्यक औजार, कुलो पानी र उत्पादन भएका सामग्रीलाई बजारीकरण अति आवश्यक हुन जान्छ । त्यसलाई ध्यान दिएर अगाडि बढेको खण्डमा नगर विकास सहकारी अन्य सहकारीभन्दा अझ लोकप्रिय हुन जान्छ । यसले ल्याएका नीति लोकप्रिय देखिन्छ तर, कार्यान्वयनमा ध्यान दिए राम्रो हुन जान्छ । त्यसतर्फ विज्ञहरुसँग बसेर अगाडि बढ्नु पर्ने आवश्यकता हुन्छ । त्यसमा ध्यान पुगोस् शुभकामना छ ।