चैते धान उत्पादनमा नगर विकास सहकारी लाग्ने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

चैते धान उत्पादनमा नगर विकास सहकारी लाग्ने


यलम्वर टाइम्स
३ माघ २०८०, बुधबार १२:००

अर्जुनधारा । खाद्यबालीलाई मध्यनजर राख्दै यो वर्ष अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले चैते धान उत्पादन गर्ने कार्यमा लाग्ने भएको छ ।

अर्जुनधारा कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साझेदारी कार्यक्रम अनुसार १५० विगाह जमिनमा चैते धानको उत्पादनमा लागेको हो ।

अर्जुनधारा क्षेत्रमा चैते धान उत्पादन गर्न सकिने क्षेत्रका कृषकहरुलाई समूहगत बनाई सहकारीले नीति अनुसार सहयोग गर्ने भएको बताइएको छ ।

साझेदारी कार्यक्रम अन्तर्गत बीउबिजन, औषधी उपचार उपलब्ध गराउने भएको छ भने मलखाद्यको पनि प्रवद्र्धन गर्ने भएको छ ।

समूहगत हुने खेतीका लागि प्रतिघण्टा एक हजार ८ सयका दरले खनजोतका लागि ट्याक्टर उपलब्ध गराउने भएको छ ।

ट्याक्टरले आफू खुशी दररेट राखेर रकम असुली गरिरहेको हुँदा एक रुपता ल्याउनका लागि नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले सम्बन्धित पक्षसँग छलफल गरिरहेको अध्यक्ष प्रत्युष रानाले बताए ।