श्रद्धाका शेयर सदस्य कृषकहरुबाट तोरी खेती गर्दा तेलमा आत्मानिर्भर « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

श्रद्धाका शेयर सदस्य कृषकहरुबाट तोरी खेती गर्दा तेलमा आत्मानिर्भर


यलम्वर टाइम्स
७ माघ २०८०, आईतवार ०८:१८

कालिस्थान । श्रद्धा कृषि सहकारी संस्थाबाट अनुदान प्राप्त गर्ने कृषकहरुले तोरी खेती गर्दा तेलमा आत्मानिर्भर हुन सक्ने अनुमान गरिएको छ ।

शेयर सदस्य कृषकहरुलाई विशेषतः तोरी खेती गर्ने उद्देश्यले अर्जुनधारा–१० का करिब १५ जना कृषकहरुलाई अनुदान स्वरुप ५ हजारका दरले निव्याजी रकम उपलब्ध गराएपछि यस्तो अनुमान गरिएको हो ।

संस्थाबाट प्राप्त रकम कृषकहरुले सदपुयोग गरेकी गरेनन् ? भन्ने अनुगमनपछि अधिकांश कृषकहरुले तोरी खेती मनग्ये उब्जाएपछि तोरीमा आत्मानिर्भर हुने देखिएको सचिव कृष्णप्रसाद चापागाईले बताए ।

सचिव चापागाई र सदस्य शान्तिराम चौहान कृषकहरुलाई भेटि तोरी खेतीको अनुगमन समेत गरेका थिए ।

थोरै रकमबाट पनि शेयर सदस्य कृषकहरुले अथक मिहेनत गरेर तोरी उत्पादन गरेको देख्दा यो वर्ष अनुदान प्राप्त कृषकहरुबाट २ सय मन बढी तोरी उत्पादन हुने देखिएको बताए ।

करिब २० जना कृषकहरुलाई तीन महिनाअघि राज्मा खेती, सब्जी खेती र तोरी लगायत बाली उत्पादनका लागि उक्त रकम उपलब्ध गराएका थिए ।

अधिकांश कृषकहरुले तोरी लगाएको पाइएको सदस्य चौहानले जानकारी दिए । उनले राज्यबाट कृषकहरुलाई नगदे तथा अन्य बालीमा यसरीनै अनुदान दिए उब्जनी गर्न सक्छन् भन्ने उदाहरण बनेको बताए ।

त्यस्तै कृषक रश्मीप्रसाद नेपालले सहयोग पूँजी कम भएको हुँदा भने जस्तो उत्पादन गर्न नसकिएको प्रतिक्रिया दिए ।