लिङ्देनको निर्देशनमा ‘बधाई छ तिमिलाई’ बन्ने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

लिङ्देनको निर्देशनमा ‘बधाई छ तिमिलाई’ बन्ने


यलम्वर टाइम्स
८ माघ २०८०, सोमबार ०९:५४

झापा । बिर्तामोडकी प्रथम लिम्बू महिला चलचित्र निर्देशक हिमाली लिङ्देनको निर्देशनमा ‘बधाई छ तिमीलाई’ बन्ने भएको छ ।

यो उनको दोस्रो चलचित्र हो । यसअधि उनले ‘मिसन क्यारेङग्याङ’ को निर्देशन गरेकी थिइन् । एसएस इन्टरनेश्नल फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र बधाई छ तिमीलाई ब्यवसायिक चलचित्र हो ।

पे्रम कथामा आधारित सो चलचित्रको झापा बिभिन्न पर्यटकीय स्थलमा सुटिङ गरिने चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन (मन्त्री) ले बताए । चलचित्र करिव ६० लाख रुपैयाँको लागतमा निर्माण हुने प्रस्तुतकर्ता लिङदेनले जानकारी दिए ।

पहिलो चलचित्र नै सफल भएपछि दोस्रो चलचित्र बधाई छ तिमीलाई निर्देशन गर्ने हिम्मत गरेको निर्देशक लिङदेनले बताए । चलचित्र फागुन पहिलो साताबाट सुटिङ गरिने निर्देशक लिङ्देनले जानकारी दिए ।

अहिलेको नेपाली समाजमा भइरहेका घटना क्रमलाई समेटेर तयार पारिएको चलचित्रको कथा, पटकथा, संवाद उदय सुब्बाको रहेको छ ।

नेपालका चर्चित कलाकारहरुले अभिनय गर्ने चलचित्रमा नयाँपन पाउन सकिने कलकार समेत रहेका भएका उदय सुब्बाले बताए ।