‘नानी ! उ काँतर थिएन’ « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

‘नानी ! उ काँतर थिएन’


यलम्वर टाइम्स
९ माघ २०८०, मंगलवार ११:०५

[सन्तोष नेम्वाङ]

उ मेरो अनन्य मित्र, मित्र मात्र होइन भाई सरहकै व्यवहार हुन्थ्यो हामी बीच । बिन्दास सोचाई, खुला मन आकाश खुलेझैं । हर हमेशा ओठमा मन्द मुस्कान टाँसिरहेको हुन्थ्यो । उदास भएर बसेको साथीहरुलाई खुशी साथ आत्मविश्वास लिएर जिउने प्रेरणा दिने । आफन्त सानो होस् या ठूलो हरदम डटेर लड्ने हौसला दिन्थ्यो । तर आज अचानक फोनमा आएको छोटो शब्दले म स्तब्ध भएँ । पुषको जाडोमा पनि मेरो शरीर पसिनाले भिज्न थाल्यो । पत्याउनै नसकिने खबरले मेरो खुट्टा थरथर काँम्यो । शरीर थाम्न नसकेर थचक्क बसें । दुवै हातले अनुहारको पसिना पुछें । अनि आत्माबाटै खुइ®य निस्कियो । हे भगवान ! साथी तैले यो के गरिस् नि ? अरुलाई हौसला दिने तँ आज त्यस्तो के अवस्था आइप¥यो र आत्महत्या जस्तो निर्णय गरिस् ? मैले त यस्तो गर्छस् भनेर सपनामा पनि सोचेको थिइन् । अरुलाई हौसला दिएर संसारसँग लडेर जित्नुपर्छ हरेश खान हुँदैन भनेर आँट दिने मानिस तै आज आफै यस्तो निर्णय गर्न पुगिस् । तँ यस्तो काँतर त थिनस् । उसलाई थाहा थियो सबै समस्याको समाधान आत्महत्या होइन भनेर । तर किन अचानक यस्तो काँतर जस्तो निर्णय लियौं । मैले बुझ्न सकिरहेको थिइन् ।

कसैको दुःखको अवस्थामा व्यक्तिगत होस् या संस्थागत रुपले सहभागि हुन सदा तत्पर रहन्थ्यो । प्रत्येक मृतकको घरमा समवेदनमा सदा अग्रसर भई सरीक हुन्थ्यो । कसैको दुःख, कष्ट देख्नै हुन्थेन । निराशाको प्रत्येक मोडहरुमा हौसलाको पर्यावाची शब्द अगाडि उभिन्थ्यो । चाहे आफ्नै पकेटबाट नै खर्च किन गर्न नपरोस् । यस्तो कार्यमा मलाई हृदयबाट आत्मसन्तुष्टि मिल्छ । मेरो आफ्नो भन्नु नै को छ र ? घरमा रहनुभएको वृद्ध बुबाआमाको लागि जीवनभर पुग्ने सम्पत्ती छँदैछ । मेरो लागि यो सानो जागिरले म बाँचुन्जेल गुजारा चलिहाल्छ । यसरी असहायहरुको सहयोग गर्दा उनीहरुको मुहारमा सन्तुष्टिको हाँसो देख्दा म आफैलाई गौरवान्वित ठान्छु ।

साँच्चै तिमी त ठूलो दिलको मानिस हौं । आफ्नो खर्चको पर्वाह नगरी सबैलाई हौसला पनि दिन्छौं । तिमी जस्तो महान विचार भएको मानिस विरलै भेटिन्छन् । यसरी उसको राम्रो कामको बखान गर्दा उ मुसुक्क हाँसेर टारीदिन्थे । तर समयको चर्खा सधैं एकैनासको कहाँ चल्दो रहेछ । त्यो दिन साँझमा बाटोमा टहल्न निस्केको बेला अँध्यारोमा अचानक हुइकिएर आएको गाडीले ठक्कर दिएर भाग्यो । उ त्यही घाइते भएर छटपट्टिरह्यो । केही बेर पश्चात गाउँका मानिसहरुले देखेर अस्पतालतर्फ लिएर गए । यस्तो दुखद खबर सुनेर म पनि हतार हतार अस्पतालतर्फ गएँ । उ बेडमा छटपट्टिरहेको थियो । शरीरभरी रगत लथपथ थियो । डाक्टरलाई सोध्दा मेरुदण्डमा असर परेको रहेछ । अवस्था धेरै खराब भइसकेको जानकारी पाइयो । शल्यक्रिया गर्दा पनि मेरुदण्ड भाँचिएकोले गर्दा विषेक हुने अवस्था देखिएन । बाहिरी चोटको मात्र उपचार पश्चात घर ल्याइयो ।

वृद्ध आमाबुबाले आफ्नो उमेर अनुसार उसको स्याहार सुसार गर्दै थिए । घरमा अन्य सदस्य नभएको कारणले केही दिन आफन्तहरु पनि आएर स्याहार गरेको देखेको थिएँ । हामी साथी भाईहरु पनि बेला बखत उसको घरमा गएर स्याहार सुसार गरेका थियौं । त्यो बेलासम्म पनि उसले आफ्नो हिम्मत हारेको थिएन । रत्तीभर पनि हौसला रित्तिएको छनक पाएनौं । सधैंझैं जोश जाँगरको कुरा गथ्र्यो । केही समय पश्चात पुरानै अवस्थामा फर्केर फेरी सेवाको निरन्तरतालाई कायम राख्ने कुरा गथ्र्यो । साथीहरुसँग फोटबाट सम्पर्क गरेर गह्रौ मन लिएर उसको घरतर्फ लम्किएँ । अरु मित्र पनि आइपुगेका थिए, कोही आउने क्रममा थिए । एक तमासले निन्द्राको अवस्थामा सुतिरहेको मित्रलाई देखेर अन्तर्मनबाट रुवाई निस्कियो । श्रद्धाञ्जली स्वरुप दुइ थोपा आँशु झर्यो । छिमेकीहरुको भिडबाट लुकेर आँशु पुछें । अन्य साथीहरु पनि आँखामा पलाएको आँशु पुछ्दै गरेको देखें । घरको अवस्था निकै नाजुक देखियो । घरका अन्य सदस्य भन्नु नै वृद्ध बुबाआमा मात्र देखियो । उहाँहरु पनि भक्कानो फुटाउँदै रुदै हुनुहुन्थ्यो । छोराको फुङ्ग परेको अनुहार हेर्दै रुदै गरेको उसको बुबाआमालाई सम्झाउन पुगें । अन्य साथीहरु पनि मसँगै उहाँहरुलाई सम्झाउन आए । वहाँहरुको आँशु पुछ्दै आश्वासनका पोकाहरु छर्न थाल्यौं । केही बेरको सान्तवानाका लहरो ताने पश्चात उहाँहरुको रुने क्रममा केही कमी आयो । अनि प्रश्नको तातो झटारो मिल्काए । उहाँले आँखामा रहेको आँशु पुछ्दै बेलिविस्तार लगाउन थाल्नुभो, ‘एउटै छोरा । बिहे गरभन्दा पनि मानेन् । हामी बुढाबुढीले यो थलापरेको बेला कतिसम्म स्याहार गर्न सक्थ्यौं र ? बेलैमा बिहे गरेको भए यसलाई यति कष्ट हुने थिएन । हामीलाई पनि यस्तो कष्ट हुने थिएन ।’ बोल्दाबोल्दै उहाँको सास बढेर आयो ।

अलिकति पानी पिलाएँ र केही सुधार भए पश्चात फेरी बोल्न थाल्नुभयो, ‘यसरी ओछ्यानमा तडपेर मर्न पर्थेन । यस्तो अवस्थामा पनि हामीलाई हौसला दिन्थ्यो । तिमीहरुको पनि नाम लिएर हौसलाको कुरा गथ्र्यो । नानी उ काँतर थिए । तर के गर्नु समय र अवस्थाले गर्दा बाँच्न चाहने रहर हुँदाहुँदै पनि काँतर भई विष खाएर मर्न बाध्य भयो ।’
हामी निशब्द भएर उहाँको कुरा सुनिरहेका थियौं । मनमा कौतुहलताले जरो गाड्यो र त्यसलाई विस्तारै कोट्याएँ । ‘अनि आखिर उसले किन आत्महत्याको बाटो रोज्यो ?’
‘नानी हामी बुढाबुढीले कति दिन स्याहार गर्न सक्थ्यौं र ? उ ओछ्यानबाट उठ्न पनि नसक्ने अवस्थाको थियो । समयसँगै हामी दुवै जना गल्दै थियौं । उसलाई स्याहार गर्ने शक्ति पनि घट्दै गइरहेको थियो । उसको अवस्था झन नाजुक बन्दै गयो । उसलाई पनि बुबाआमाको बोझ कति बन्नु भन्ने लाग्यो होला । आफूलाई संसारकै अभागी ठान्न थालेको थियो । कहिले काँही हामीलाई छेउमा बसाएर गुनासो गथ्र्यो । बुबाआमालाई स्याहारसुसार गर्नुपर्ने उमेरमा उल्टै बुबाआमाबाट स्याहारीनु परिरहेको छ । म संसारकै अभागी रहेछु भनेर दुखमनाउ गथ्र्यो ।’

नानी हामीले उसलाई सम्झाउन मात्र सक्थ्यौं । हिजोसम्म हाम्रो यो थाकेको हातले बनाएको गिलो भात खाएको थियो । हामी दुवै जनालाई नहार्नु भन्दै ढाढस दिँदै थियो । तर… राती डाक्टरले दिएको निन्द्राको औषधी सबै खाएछ । आज बिहान हामी उठेर उसको बेडमा पुगेर उठाउँदा हामी त छाँगाबाट खसेझैं भयौं । हामी उमेरले डाँडापारीको घाम भएका बुबाआमाले जवान छोराको काँध चढेर आर्यघाट पुग्ने बेलामा यो बुढो काँधमा जवान छोरा चढेर आर्यघाट पुग्ने भयो । हे भगवान ! यस्तो अवस्था कसैको नआओस् । यति भन्दै उहाँहरु धुरुधुरु रुन थाल्नुभयो ।

हामी साथीहरु उहाँहरुलाई छाडेर बाहिर निस्कियौं । बाहिर प्रहरीहरु आएका रहेछन् । उनीहरुलाई आफ्नो कार्यका लागि समय दिएर एकछेउ उभिएर गफ गर्न थाल्यौं । साँच्चै साथीहरुले उसले जुन उपाय रोज्यो त्यो उसको बाध्यताका कारणले रहेछ । उसले जीवनको अन्त्यसम्म पनि हौसला स्खलन हुन दिएनरहेछ । जोश जाँगर हुँदहुँदै पनि काँतर जस्तो व्यवहार गर्नुपरेछ । तर उ काँतर चाहि थिएन रहेछ । त्यस पश्चात हामी मौन रही एक अर्काको अनुहार हेर्दै उभिरह्यौं र पोष्टमार्टमका लागि तयारीमा लाग्यौं ।