‘२८ साल’ अध्यक्ष ओलीको हातमा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

‘२८ साल’ अध्यक्ष ओलीको हातमा


यलम्वर टाइम्स
९ माघ २०८०, मंगलवार ११:२५

लेखक तथा पत्रकार कुमार भट्टराईद्वारा लिखित २०२८ साल घटनाको यर्थाथ पुस्तक बजारमा आउने भएको छ । पुस्तकले २८ सालमा नेता ओली दोषी थिए कि थिएनन् भन्ने चर्चा चलाएको छ । उक्त पुस्तक यति बेला अध्यक्ष ओलीको हातमा परेको छ । पुस्तकको विमोचन सम्माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गर्ने छन् । विमोचन कार्यक्रममा झापा विद्रोहका नाइकेहरु– राधा कृष्ण मैनाली, सीपी मैनाली, मोहनचन्द्र अधिकारी, नारद भारद्वाज वाग्ले, दुर्गाप्रसाद अधिकारी (ठूलो) लगायतको उपस्थिति रहने लेखक भट्टराईले बताएका छन् ।