खुदुनाबारीमा माओवादी केन्द्रको बृहत छलफल « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

खुदुनाबारीमा माओवादी केन्द्रको बृहत छलफल


यलम्वर टाइम्स
११ माघ २०८०, बिहीबार ११:३३

खुदुनाबारी । माओवादी केन्द्रले चलाएको अभियानबाट ठूला दल त्रसित भएको बताइएको छ ।

बिहीबार अभियान अन्तर्गत अर्जुनधारा–३ स्थित खुदुनाबारीमा भएको छलफलमा पार्टी केन्द्रीय सदस्य हरिकुमार रानाले सो कुरा बताएका हुन् ।

पार्टी अध्यक्ष प्रचण्डको सरकारले भ्रष्टाचारी, कमिशन खोरी र राजद्रोहीलाई ठेगान लगाउँदै जाँदा ठूला दल त्रसित हुनु स्वाभाविक भएको ठोकुवा गरे ।

प्रमुख अतिथि समेत रहेका केन्द्रीय सदस्य रानाले माओवादीले चलाएको अभियान गुणात्मक प्रगति नभए पनि संख्यात्मक जनसम्र्पक र विगतका कमिकमजोरीलाई मिसाउने मिलाउने काम भएको हुँदा सन्तोषजनक भएको जनाए ।

पार्टी अर्जुनधारा अध्यक्ष नरबहादुर तामाङ ‘दुःखी’ ले अर्जुनधारा क्षेत्रमा भएको अभियान आंशिक सफल भएको बताउँदै एकता र सद्भाव कायम गर्न अभियानको महत्व ठूलो भएको बताए ।

उनले पार्टीलाई मूर्त रुप दिन नगरका कार्यकर्ता तथा शुभचिन्तकप्रति आग्रह गर्दै विकास र सांगठानिक गतिविधिमा पार्टी सक्रिय रहनुपर्ने बताए ।

छलफलमा पार्टीका नेता नारायण पौडेलले खुदुनाबारीमा भएको विकासका गतिविधि र पार्टीको अवस्थाबारे व्याख्या गरेका थिए । महिला नेतृ जानुका पराजुलीले संगठन र पार्टीको अवस्थाबारे आफ्ना विचार राखेका थिए ।

याम मगरको अध्यक्षतामा भएको कार्यक्रमपछि जुकेखाडी सामुदायिक वनमा आसन्न निर्वाचनका लागि वार्ता टोली बनाएको छ । टोलीमा नारायण पौडेल, याम मगर, विपिन चौहान, दिनेश शिवाकोटी, होम ल्वागुन, अम्मर परियार रहेका छन् ।