जनपक्षिय मिडिया गाउँसम्म पुर्याउनुपर्छ « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

जनपक्षिय मिडिया गाउँसम्म पुर्याउनुपर्छ


यलम्वर टाइम्स
१४ माघ २०८०, आईतवार ०८:५४

बीरगञ्ज । प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले जनपक्षिय पत्रकारितामा आजको पत्रकारहरु लाग्न सकिएन भने जनताको पीडा र विकासका आधार पूर्ण नहुने बताएका छन् ।

प्रेस सेन्टरको राष्ट्रिय भेलाको पर्साको बीरगञ्जमा पदाधिकारी बैठकको पूर्व सन्ध्यामा अध्यक्ष सापकोटाले लोकतान्त्रिक गणतन्त्र स्थापना भएर पनि जनताको कष्टकर पीडा र बाँच्ने आधार अझै पूर्ण नभएको हुँदा त्यसको खोजी गर्न जनपक्षीय पत्रकारिता आवश्यक भएको बताए ।

जनताको साथ र सहयोगबाटै माओवादी केन्द्र यहाँसम्म आएको बताउँदै जनयुद्धको त्यो कहाली लाग्दो सम्झनालाई मध्यनजर राख्दै जनपक्षीय पत्रकारिता मेरुदण्ड भएको बताए ।

सेन्टरका संस्थापक तथा पार्टी केन्द्रीय सदस्य महेश्वर दाहालले अझै पनि मिडियाका साथीहरु ठूला मिडियाबाट पीडित भएको र भने जस्तो स्वतन्त्र कलम चलाउन नसकेको अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

पदाधिकारी बैंठक बसी केन्द्रीय समितिको बैंठक १२ः३० बजेबाट सुरु भएको थियो । बैठकले प्रेस सेन्टरको २० औं स्थापना दिवसका विषयमा छलफल गरिएको थियो ।

छलफलपछि पत्रकारिताको हक, हित र विश्वास उठाउन बृहत बहस भइरहेको छ । महासचिव सन्तोष पौडेलले सञ्चालन गरेको कार्यक्रममा १५ गते स्थापना दिवसमा प्रधानमन्त्री प्रचण्डको उपस्थिति रहने बताइएको छ ।

परिषद् भेला माघ १५ गतेसम्म चल्नेछ ।