सोनाम ल्होसारको अवसरमा अर्जुनधारामा गायिका रचना आउने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सोनाम ल्होसारको अवसरमा अर्जुनधारामा गायिका रचना आउने


यलम्वर टाइम्स
१६ माघ २०८०, मंगलवार १०:१९

अर्जुनधारा । नेपाल तामाङ घेदुङ अर्जुनधाराले आयोजना गर्न लागेको सोनाम ल्होसार २८६० विशेष कार्यक्रममा चर्चित गायिका रचना रिमालसँगै गायक आसमान लोप्चन आउने भएका छन् ।

गुम्बा निर्माणमा सहयोग पुग्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा गायिका रिमाल र लोप्चन आउने भएका हुन् ।

अर्जुनधारामा पहिलो पटक सांगीतिक प्रस्तुती दिन लागेकी रचना अहिलेकी लोकप्रिय गायिका हुने भने आसमान तामाङ समुदायका लोकप्रिय गायक हुन् ।

उनीहरुले माघ २० गते अर्जुनधारा–१ मदनपुर स्थित ज्याङछुप छ्योइलिङ गुम्बा परिषरमा सांगीतिक प्रस्तुती दिने आयोजकले बताएको छ ।

सांगीतक कार्यक्रमबाट संकलित रकमबाट निर्माणाधिन गुम्बा सम्पन्न गर्ने लक्ष्य रहेको ज्याङछुप गुम्बाका अध्यक्ष सन्तबहादुर तामाङले बताए ।

‘बौद्ध संस्कार संस्कृति गर्न भिक्षुको आवश्यकता हुन्छ’ अध्यक्ष तामाङले भने, ‘अर्जुनधारा क्षेत्रमा भिक्षुको अभाव छ । गुम्बा निर्माण गरि पूजाआजाका लागि भिक्षु राखे टाढा खोज्न जानुपर्दैन ।’

घेदुङका अध्यक्ष बृखबहादुर तामाङले गुम्बा निर्माणका लागि स्थानीय सरकारबाट सहयोग प्राप्त नभएको र वडा नं. १ का बौद्ध समुदायबाट आनासुकी रकम उठाएर गुम्बा निर्माण गर्दा अपुरो भएले गुम्बा समितिसँग समन्वय गर्दै ल्होसारसँगै सांगीतिक कार्यक्रम गर्न लागिएको बताए ।

माघ १९ गते साँझ ५ बजेबाट धार्मिक प्रवचन हुने, सोही दिन दिउँसो भेट्रान फुटबल प्रतियोगिता हुने र २० गते सांगीतिक कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

घेदुङ अध्यक्ष तामाङको सभापतित्वमा भएको कार्यक्रममा बीरबहादुर योञ्जन, मदनपुर युवा समूह अध्यक्ष देवेन्द्र सेन्दाङ, मदनकुमार गोले, चक्रबहादुर तामाङ, शीरमाया तामाङ, छत्रबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन भने घेदुङ सहसचिव धनबहादुर वलले गरेका थिए ।