अर्जुनधारा खेल मैदान खेल प्रेमीहरुको रोजाईमा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अर्जुनधारा खेल मैदान खेल प्रेमीहरुको रोजाईमा


यलम्वर टाइम्स
२७ माघ २०८०, शनिबार ०३:०७

अर्जुनधारा । अर्जुनधारा–७ को खेल मैदान खेलाडीहरुका लागि उपयुक्त स्थल भएको छ ।

निजी विद्यालयको खेल कार्यक्रम होस् या सामुदायिक वा क्लबको खेल कार्यक्रम होस् अर्जुनधारा खेल मैदान फराकिलो सुरक्षित मैदान बनेको छ ।

पूर्व खेलाडी दिपेन्द्र ढकालले शुक्रबार सम्पन्न यु–१८ फुटबल प्रतियोगितालाई नियाल्दै खेल मैदानको प्रशंसा गरेको थियो । पूर्व गाविस अध्यक्ष तथा पूर्व खेलाडी मित्रसेन भट्टराईले अर्जुनधाराको खेल मैदान झापाकै गहना भएको बताए ।

शनिश्चरे फुटबल क्लबले आयोजना गरेको यु–१८ खेलको समापन कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख खड्गमाया पराजुलीले फुटबल हस्तान्तरण गर्दै सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । शुक्रबार फुटबल संघ झापाका सदस्य टेकराज तिलिङले शनिश्चरे फुटबल क्लबलाई ४ थान फुटबल प्रदान गर्दै शनिश्चरे फुटबल क्लबको प्रशंसा गरेका थिए ।

क्लबका हरि गुरुङको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, ८ का कुमार उप्रेती, ११ का खगेन्द्र इङ्नाम, ३ का सीताराम भट्टराई, बोर्ड सदस्य चन्द्रकला तामाङ लगायतको आतिथ्य रहेको थियो । फाइनल खेलमा वडा नं. ८ ले उपाधी जितेको थियो ।

दिपीका लोहारले सञ्चालन गरेको कार्यक्रममा पूर्व खेलाडी लोकबहादुर तामाङ, टिका पोखरेल, प्रहरी चौकीका प्रमुख नरबहादुर खड्का, गौरीशंकर श्रेष्ठ, समाज कल्याण संघका दुर्गा न्यौपाने, वडा सदस्य भीम राई, मनोज रैका मगर, सुरेश धिमाल लगायतको आतिथ्य रहेको थियो । अर्जुनधारा–७ र ८ को संयुक्त आयोजनामा भएको प्रतियोगिता शान्तिपूर्ण भएको र दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।